नुवाकोटमा कांग्रेस नेता राईको घर अगाडी बम विस्फोट

नुवाकोटमा कांग्रेस नेता राईको घर अगाडी बम विस्फोट

नुवाकोट २४ पौष । नेपाली कांग्रेसका युवा नेता लाओस राईको नुवाकोटस्थित घर अगाडी आइतबार राती बम विस्फोट भएको छ ।

नुवाकोटको लिखु गाउँपालिका–४ मा रहेको राईको घरमा राती १० बजेतिर अज्ञात समूहले राखेको बम ठूलो आवाजमा विस्फोट भएको नेता राईका बुबा भोजबहादुरले जानकारी दिए ।
विस्फोटका कारण मानवीय क्षति नभएपनि परालको कुन्यूमा आगो लागेको छ । बम विस्फोटको घटनाबारे अनुसन्धान गर्न ढिकुरे प्रहरी चौकीबाट प्रहरी नायब निरिक्षक टेक बहादुर पालको नेतृत्वमा टोली घटना स्थल पुगेको छ । विस्फोटको घटनाले जनजीवन त्रसित बनेको छ ।


पौष २४ मा प्रकाशित ।

Facebook Comments