धादिङको बैरेनीमा अवरुद्ध सडक खुल्यो, सवारी साधनको चाप भने उस्तै

धादिङको बैरेनीमा अवरुद्ध सडक खुल्यो, सवारी साधनको चाप भने उस्तै

baireni

विपिन मल्ल

धादिङ । गल्छीगाउँपालिका–६ बैरेनीमा अवरुद्ध सडक खुलेको छ । जथाभावी गाउँ तिर लगिएका ग्रामीण सडक, सडक भन्दामाथि तिर खोलिएका बालुवा उत्खनन केन्द्रका कारण बाढीले लेदो बगाउँदै राजमार्गमा ल्याउँदा अवरुद्ध भएको सडक खुलेको हो ।

रातिदेखि पानी बिहानसम्म परेको र यसकै कारण लेदो सडक सम्म आईपुग्दा बिहानै देखी सडक अवरुद्ध भएको थियो । लेदो माटो सहितको बाढीले सवारी आवागमनमा समेत अवरोध पु¥याएको छ ।

अवरुद्ध सडक खुलेपनि सवारी साधनको चाप भने अझै कायम  छ । सवारी साधन ओभरटेक गरेका कारण सवारी साधनको चाप उस्तै रहेको छ ।

२०७६ असार १२ गते प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments