एसिया प्यासिफिक समिटको विवाद बढ्दै, नेकपामा विशेष बैठक बोलाउन माग

एसिया प्यासिफिक समिटको विवाद बढ्दै, नेकपामा विशेष बैठक बोलाउन माग

nekapa-

काठमाडौँ । विवादास्पद ‘एसिया प्यासिफिक समिट’ मा प्रधानमन्त्री केपी ओलीको संलग्नताले पार्टीकै छवि धूमिल भएको निष्कर्ष निकाल्दै नेकपाको स्थायी समिति र सचिवालय नेताहरूले यसबारे समीक्षा गर्न विशेष बैठक माग गरेका छन् ।

छलफलै नगरी सरकार र प्रधानमन्त्री एकलौटी ढंगले अघि बढ्दा विवादमा परेको उल्लेख गर्दै उनीहरूले पार्टीभित्र यो विषयमा विशेष समीक्षा हुनुपर्ने अडान लिएका हुन् । सम्मेलन गलत भएकाले आत्मआलोचना गरेर भए पनि पार्टी र सरकारमाथि लागेको दाग हटाउनुपर्ने उनीहरूको धारणा छ ।

२०७५ मँसिर २० गते प्रकाशित

Facebook Comments