ह्वील चियरसहित अपाङ्गमैत्री बस सञ्चालनमा आउने

ह्वील चियरसहित अपाङ्गमैत्री बस सञ्चालनमा आउने

apanga

काठ्माण्डौं, १५ माघ । अपाङ्गता भएका व्यक्तिका लागि अपाङ्गमैत्री बस सञ्चालनमा आउने भएको छ । साझा यातायातले देशमै पहिलोपटक अपाङ्गमैत्री बस ‘सेमी लो फ्लोर’ सञ्चालनमा ल्याउने भएको हो ।
बस रक्सौल नाकामा आइपुगेको र भन्सारको सम्पूर्ण प्रकृया पूरा गरेर यो हप्ता भित्रै काठमाडौं आइपुग्ने साझा यातायातका प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले बताउनुभयो । अपाङ्गता, दृष्टिविहीन र बृद्धबृद्धाका लागि यो बस सजिलो हुने पाण्डेको भनाई छ । ४१ सिट भएको यो बसमा दुईवटा ढोका छन् ।

बसको पछिल्लो ढोकामा फोल्ड गर्न मिल्र्ने याम्प (ह्वील चियर लैजान मिल्ने र्भयाङ) भएकाले यो बस अपाङ्गता भएका नागरिकको लागि धेरै सजिलो हुनेछ । पाण्डेका अनुसार बस काठमाडौं आइपुगेपछि कार्यालयका प्राविधिकबाट जाँच गरेर रुट परमिट लिइ छिट्टै सञ्चालनमा ल्याइनेछ ।

बसको ढोका होचो भएकाले यो बस खाल्डाखुल्डी भएको सडकमा चलाउन मिल्दैन । साझाले चार महिनाभित्र थप चार डिलक्स बस खरिदका लागि प्रकृया अघि बढाएको पाण्डेले जानकारी दिनुभयो ।


२०७४ माघ १५ मा प्रकाशित ।

Facebook Comments