अलैचीको मुल्यमा गिरावट आएपछि उत्तरी धादिङका किसान मर्कामा

अलैचीको मुल्यमा गिरावट आएपछि उत्तरी धादिङका किसान मर्कामा

alai

धादिङ २४ पौष । धादिङको ग्रामिण क्षेत्रका किसानहरुले ब्यवसायीक रुपमा गर्दै आएको अलंैची खेतीको मुल्यमा गिरावट आउन थालेपछि किसानहरु मर्कामा परेका छन् ।

केही वर्ष अघिसम्म राम्रो आम्दानी गर्ने गरेको भए पनी अलैचीको मुल्यमा आएको गिरावटका कारण उनीहरु समस्यामा परेका हुन् । अन्न बालीको तुलनामा खेती गर्न सजिलो र आम्दानी पनि राम्रो हुने भए पछी उत्तरी धादिङका ग्रामिण बस्तिहरुका किसानहरुले भुकम्प पछी त झनै अलंैची खेतीलाई बढावा दिदै आएका छन् ।

खेर गएको भिरालो र ओसीलो पानी भएको खेर गएको जमीनमा यसको खेती गर्ने गरेकोमा अहिले भने अन्न बाली लगाउने खेती बारीमा पनी धादिङका धेरै किसानहरुले अलैची खेती गर्ने गरेका छन् ।
तिन वर्ष अघिसम्म प्रति किलोग्रामको दुई हजारमा स्थानीय बजारमा नै अलैची बिक्री हुने गरेकोमा यस वर्ष भने जम्मा छ सय रुपैयाँ मुल्य आएकोले टिपेको अलैची नै विक्रि नगरेको खनियावास ३ का अलैची खेती किसान उद्धव तामाङले वताए ।

किसानहरुले अन्य स्थानबाट ल्याएका अलैचीका विरुवामा माटोमा देखा पर्ने भाईरस लगाएतका रोगहरु अलैचीमा आउन सक्ने भन्दै गत वषृदेखी भने गाँउमा नै विरुवा समेत उत्पादन गर्नका लागी नर्सरी बनाउन सुरु गरेका छन् । उनिहरुले उत्पादन गरेका विरुवाहरु राम्रो भएको बताउदै जिल्ला कृषी विकास कार्यालय धादिङले किसानहरुलाई वितरण गर्ने अलैचीको विरुवा स्थानीय फर्महरुबाटै लगिदिनु पर्ने माग समेत गरेका छन् ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने झर्लाङ्ग, रि र दार्खाका किसानहरुले भने ब्यवसायीक रुपमा नै अलैची खेतीको सुरुवात गरेका छन् ।
धादिङ जिल्लाका लागी भने यो खेती नयाँ खेतीकै रुपमा परिचित छ । गत साल सम्म प्रति रोपनी जमिनमा लागएको अलैचीबाट किसानहरुले एक देखी पचास हजारसम्म आम्दानी गर्ने गरेको बताएका छन् । गत सालको तुलनामा यस वर्ष अलैची दोब्बरले बृद्धी भएको छ ।

पौष २४ मा प्रकाशित ।

Facebook Comments