एएफसी यू – १९ च्याम्पियनसिप फुटबलमा नेपालले आज ओमानसँग खेल्ने

एएफसी यू – १९ च्याम्पियनसिप फुटबलमा नेपालले आज ओमानसँग खेल्ने

khel

कार्तिक २२ । एएफसी यू–१९ च्याम्पियनसिप फुटबल छनोट चरणको अन्तिम खेलमा नेपालले आज ओमानसँग को खेल्दैछ । प्रतियोगिताको दोस्रो चरणमा पुग्ने लक्ष्यसहित कीर्गिस्तानमा रहेको नेपाली युवा टोली छनौटका तीन खेलमा अंकविहीन छ । प्रतियोगितामा एक गोल पनि गर्न नसकेको नेपालको लागि ओमान विरुद्धको आजको खेल पनि कठिन हुनेछ ।
आयोजक कीर्गिस्तानसँगै बहराईन र युएईसँग पराजित नेपालले हालसम्म ७ गोल खाएको छ । नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार दिउसो १२ बजेखि सुरु हुने भनिएको छ । समूह ए को अन्तिम दुई खेल बाँकी रहँदा युएई ९ अंकसहित शीर्षस्थानमा छ । सबै ४ खेल खेलेका कीर्गिस्तान र बहराइनको समान अंक भए पनि गोलअन्तरमा आयोजक कीर्गिस्तान दोस्रो स्थानमा रहेको छ । ओमान ४ अंकसहित चौथो स्थानमा छ । अन्तिममा रहेको नेपालले अंकको खाता भने खोल्न सकेका छैनन् ।
कार्तिक २२ मा प्रकाशित ।

Facebook Comments