धादिङमा स्कुल बस दुर्घटना, चालक सहित १४ घाईते

धादिङमा स्कुल बस दुर्घटना, चालक सहित १४ घाईते

तस्बिर : दुर्घटनापछि शिवदर्शन अस्पतालमा लागेको भिडतस्बिर : दुर्घटनापछि शिवदर्शन अस्पतालमा लागेको भिड

बैशाख ६, खानिखोला । त्रिभुवन राजपथ अन्र्तगत धादिङको खानिखोला नजिक याकघरमा भएको दुर्घटनामा १४ जना घाईते भएका छन् । काठमाण्डौँ तर्फ जाँदै गरेको लु १ ख ८१७२ नम्बरको ट्रकले विद्यार्थी बोकेर खानीखोला तर्फ आउँदै गरेको सुपब क्याटलिष्ट एकेडेमीको बसलाई ठक्कर दिँदा चालक र अन्य १३ जना एकेडेमीका विद्यार्थी घाईते भएका हुन् ।

घाईते हुनेमा थार्के ९ का स्कुल बसका चालक अर्जुन हमाल रहेका छन् । चालक हमाल र एक जना विद्यार्थीलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । अन्य विद्यार्थीहरुको भने धार्केमा रहेको शिवदर्शन अस्पतालमा उपचार भैरहेको छ । ठक्कर दिने ट्रकर चालकलाई नियन्त्रयामा लिईएको ईलाका प्रहरी कार्यालय खानिखोलाले जनाएको छ ।

Facebook Comments