धादिङको गल्छिमा बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु, केहि घाईते

धादिङको गल्छिमा बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु, केहि घाईते

accident

गल्छि । धादिङको गल्छि ६ बाँझगाउँमा भएको बोलेरो जिप दुर्घटनामा ४ जनाको घटना स्थलमै मृत्यु भएको छ । गल्छि ५ सिरुवानी बाट बैरेनी तर्फ आउँदै गरेको बा १८ च ९४०८ नम्बरको जिप दुर्घटनामा अन्य ८ जना घाईते भएको प्रहरीलाई उदृत गर्दै स्थानिय हेमन्त भण्डारीले बताउनुभएको छ । घाईतेहरुको अहिले उद्दार गरी विभिन्न अस्पतालमा पठाउने क्रम जारी छ । जिप माथिल्लो सडकबाट पल्टेर तल्लो सडक सम्म आईपुगेको हो । थप जानकारी आउन बाँकि रहेको छ ।

२०७६ असार ६ गते प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments