थाक्रेमा भएको दुर्घटनामा १ को मृत्यु, १९ जना घाईते

थाक्रेमा भएको दुर्घटनामा १ को मृत्यु, १९ जना घाईते

accident thakre

धार्के । थाक्रे गाउँपालिका १ खयरघारीमा भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ । घटनामा अन्य १४ जना घाईते भएका छन् । काठमाण्डौबाट केरुङ तर्फ जादै गरेको ना ५ ख ८०६८ नम्बरको कन्टेनर र सुनौलीबाट काठमाडौंतर्फ आउँदै गरेको बा १ प १३६३ नम्बरको बस एक आपसमा ठोक्किँदा बस महेश खोलामा खसेको हो । घटनामा मृत्यु हुनेमा बस चालक लम्जुङ घर भएको वर्ष २८,२९ का हरि न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । शब पोष्ट मार्टमको लागी प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा राखिएको प्रहरीले जनाएको छ ।
कन्टेनर सडकको भित्ता पट्टी नालामा कोल्टे अवस्थामा रहेको छ । घाईतेहरु मध्ये ८ जना गम्भिर घाईतेलाई काठमाण्डौ रिफर गरिएको छ । ४ जना सिम्ले स्थित स्थानिय मेडिकलमा उपचार भईरहेको छ । उनिहरुको अवस्था मध्यम रहेको जनाईएको छ । २ जना महादेववेशी स्थित मेडिकलमा उपचार भईरहेको जस मध्ये १ जना मध्यम‚ १ जना सामान्य‚ सिम्ले स्थित मेडिकलमा उपचार पश्चात १ जना सामान्य घाईते डिस्चार्ज भईसकेको प्रहरीले जनाएको छ ।
यस्तै पृथ्वी राजमार्ग अन्तरगत धादिङको थाके्र ७ आठ किलामा सवारी दुर्घटना हुदा ४ जना धाईते भएका छन् । काठमाडौबाट चितवन जाँदै लगरेको ग १ ख ६७९२ नम्बरको माइक्रो बस र बा ५ ख ३४९० नम्बरको आईचर गाडी एक आपसमा ठक्कर खादा दुर्घटना भएको प्रहरीले बताएको छ । घाईते भएका ३ जनाको धार्केमा रहेको शिवदर्शन अस्पतालमा उपचार भैरहेको छ भने माईक्रो बसको चालकको काठमाण्डौँमा उपचार भैरहेको छ ।

२०७६ जेठ १५ गते प्रकाशित

Facebook Comments