धादिङको गल्छिमा भएको दुर्घटनामा दुई जनाको मृत्यु

धादिङको गल्छिमा भएको दुर्घटनामा दुई जनाको मृत्यु

accident-1

धार्के । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छि ६ बेल्खुमा भएको दुर्घटनामा २ जना भएको छ । काठमाण्डौँ तर्फ आउँदै गरेको बा ९७ प २५३८ नम्बरको मोटरसाईकल, काठमाण्डौँबाट नवलपरासी तर्फ जाँदै गरेको बा ४ ख ९१०३ को माईक्रोबसमा ठोक्किएको थियो ।

त्यस लगत्तै चितवनबाट काठमाण्डौँ तर्फ आउँदै गरेको ना ६ ख ५६१४ नम्बरको ट्रकले मोटरसाईकलमा सवार २ जनालाई किच्दा उनिहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । मृतकहरुको सनाखत हुन बाँकि रहेको प्रहरीको भनाई छ ।

२०७६ बैशाख १८ गते प्रकाशित

Facebook Comments