बसको छतबाट खसेर एक जनाको मृत्यु

बसको छतबाट खसेर एक जनाको मृत्यु

accident

बनेपा । यात्रुबाहक बसको छतबाट खसेर आज काभ्रेपलाञ्चोकमा एक जनाको मृत्यु भएको छ । श्यामपाटी गाविस–२ मा बनेपाबाट स्थानीय पिपलटार जाँदै गरेको बा२ख ५३०१ नं को यात्रुबाहक बसबाट खसेर २३ वर्षीय सहचालक सुविन नरालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए । मृतको ठेगाना खुल्न सकेको छैन ।
त्यस्तै बनेपा–११ स्थित बुडोलमा मोटरसाइकलको ठक्करबाट एक नाबालक घाइते भएका छन् । स्थानीय आँखा अस्पाताल जाँदै गरेको बा७३प १२६९ नं को मोटरसाइकलले बुडोल बस्ने पाँच वर्षीय आदित्य दाहाललाई ठक्कर दिएपछि उनी घाइते भएका हुन् । उनको हात, खुट्टा र निधारमा चोट लागेकाले थप उपचारका लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।

Facebook Comments