पृथ्वी राजमार्गको धादिङ खण्डमा बैशाख सम्म भएको दुर्घटनामा ६४ जनाको मृत्यु

पृथ्वी राजमार्गको धादिङ खण्डमा बैशाख सम्म भएको दुर्घटनामा ६४ जनाको मृत्यु

accident-truck

धादिङ
जेठ १२ । पृथ्वी राजमार्गको धादिङ खण्डमा यस आर्थिक वर्षको बैशाख सम्म भएको दुर्घटनामा ६४ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख हेमराज घिमिरेका अनुसार उक्त अवधीमा १ सय १५ वटा सवारी साधन दुर्घटना भई ६४ जनाको मृत्यु हुनुका साथै १ सय २० जना गम्भिर घाईते र १ सय ५८ जना सामान्य घाईते भएका छन् ।

अघिल्लो आर्थिक वर्ष २०७४र७५ मा १ सय ५५ वटा दुर्घटना हुँदा १ सय १७ जनाको मृत्यु भएको थियो । जसमा १ सय ४० जना गम्भिर घाईते र २ सय दुई जना सामान्य घाईते भएको जिल्ला ट्राफिक प्रमुख घिमिरेले बताए । देशका अधिकाँश जिल्लाबाट काठमाण्डौँ भित्रिने मुख्य मार्ग रहेको पृथ्वी राजमार्गमा दुर्घटना हुनुको मुख्य कारण साँघुरो सडक, चालक तथा पैदलयात्रुकोे लापरवाहि, तिव्र गति रहेको जिल्ला ट्राफिक प्रमुख घिमिरेको भनाई छ । दुर्घटना कम गर्न चालक, यात्रु, पैदलयात्रु सबैको भुमिका महत्वपुर्ण रहेको भन्दै घिमिरेले साँघुरो ठाउँमा सडक फराकिलो र विग्रिएको ठाउँमा सडक मर्मत तिव्र गतिमा हुनुपर्ने बताए ।
जेठ १२, २०७६ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments