About us

About us

रेडियो राजमार्ग सहकार्यको अवधारणामा संचालन हुँदै आएको छ । राजमार्गसँग सम्बन्धित सवै संघ–संस्थासँग सूचना, शिक्षा र संगीतका लागि सहकार्य गरिरहेको छ । रेडियोले राजमार्गसँग सम्बन्धित मजदुर, सडकका विषयमा काम गर्ने सरकारी तथा गैरसरकारी निकाय, ट्राफिक प्रहरी तथा सुरक्षा निकाय, राजमार्गमा गाडी गुडाउने, बनाउने तथा बेच्ने कम्पनीहरु, राजमार्ग केन्द्रित उद्योग कलकारखाना, राजमार्ग प्रयोग गर्ने स्थानीय समुदाय, राजमार्ग अन्तर्गतका स्थानीय सरकारहरु, शैक्षिक तथा स्वास्थ्य संस्थाहरुसँग सहकार्य गरिरहेको छ ।

राजमार्ग प्रयोग गर्ने नागरिकलाई तत्काल सूचना दिने, अबरोध हटाउन पहिलो पहल गर्ने, जनधनको सुरक्षा गर्ने र सडक यात्रामा यात्रु, चालक नागरिकलाई परेको समस्यामा साथ दिने जुनसुकै संस्था तथा ब्यक्ति सँग हामि सहकार्य गर्न हरदम तयार छौ । समुदाय हितको हरेक कार्यमा लक्षित समुदायसँगै सहकार्य र समाज परिवर्तनमा आफुले प्रत्यक्ष योगदान गर्न पाउनु रेडियो राजमार्गको सौभाग्य हो ।

समाचार तथा विज्ञापन र जानकारीका लागि सम्पर्क : ९८५१२२३४८१