दलहरुलाइ आयव्यव विवरण बुझाउन आयोगको आग्रह

दलहरुलाइ आयव्यव विवरण बुझाउन आयोगको आग्रह

nirbachan-aayog

धादिङ १५ माघ । निर्वाचन आयोगले आयव्ययको विवरण बुझाउन राजनीतिक दललाई आग्रह गरेको छ । राजनीतिक दल सम्बन्धि ऐन २०७३ मा आर्थिक वर्ष सकिएको ६ महिनाभित्र आयव्यय विवरणको लेखा परीक्षण गरि एक महिनाभित्र निर्वाचन आयोगमा बुझाउनुपर्ने ब्यवस्था भएको स्मरण गराउँदै आयोगले आय ब्ययको विवरण बुझाउन राजनीतिक दललाई आग्रह गरेको हो ।

निर्वाचन आयोगले माघ मसान्तसम्ममा आयव्ययको विवरण आयोगमा बुझाउन र त्यसको १ महिनाभित्र विवरण सार्वजनिक गर्न दलहरुलाई सार्वजनिक सूचना निकालेर आग्रह गरेको हो ।

यस्तै निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीको खर्च विवरण पेश गर्न पनि दलहरुलाई आग्रह गरेको छ । प्रदेशसभाको समानुपातिकतर्फको अन्तिम परिणाम सार्वजनिक भएको ३५ दिनभित्र यस्तो विवरण बुझाउनुपर्ने ब्यवस्था रहेकाले समयभित्रै खर्च विवरण पेश गर्न निर्वाचन आयोगले सार्वजनिक सूचना मार्फत दलहरुलाई आग्रह गरेको हो ।


२०७४ माघ १५ मा प्रकाशित ।

Facebook Comments