Categories: HighwayNationalNewsPolitics

तीन सय दिनमा गर्न नसकिने काम १ सय दिनमा गरेको प्रधानमन्त्री प्रचण्डको भनाई

कात्तिक २६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन सय दिनमा गर्न नसकिने काम आफुले १ सय दिनमा गरेको बताएका छन्। सरकारका उपलब्धी सार्वजनिक गर्दै प्रधानमन्त्री दाहालले आफ्नो कार्यकालमा छिमेकी देशसँगको सम्वन्धमा सुधार आएको बताएका हुन् ।
सरकार गठनको १ सय दिन पुरा भएको अवसरमा भएको कार्यक्रममा प्रचण्डले उच्च अदालत गठन र उच्च सरकारी वकिल कार्यालय गठन , भाषा आयोग गठन तथा संविधान कार्यान्वयनको लागि विभिन्न कानुन निर्माण गर्न विधेय पेश गरेको बताएका छन् । संसदबाट १४ वटा विधेयक पारित भएको र ३९ वटा विधेयक विचाराधिन रहेको भन्दै दाहालले स्थानीय र संघीय निर्वाचन समयमै सम्पन्न गरि संविधान कार्यान्वयन गर्न सरकारले सबै तयारी गरेको बताएका छन् ।

स्थानीय तहको पुनसंरचना गर्ने काम अन्तिम चरणमा रहेको बताउँदै उनले यो अवधिमा आर्थिक क्षेत्र पनि सकारात्मक भएको र आर्थिक परिसुचक सकारात्मक रहेको उनको भनाई छ। तराई मधेस आन्दोलनमा मृतक सुरक्षाकर्मीलाई सहिद घोषणा गरिएको र जनयुद्धमा वेपत्ता तथा मृतकका परिवारलाई आर्थिक सहायता कार्यक्रम घोषणा गरिएको बताएका छन्।

भूकम्प पछिको पुननिर्माणमा ३ हजार ५ सय जनशक्ति परिचालन गरिएको, भूकम्प प्रतिरोधि घर निर्माण गर्न १ हजार ९ सयलाई डकर्मी तालिम दिइएको उनले बताए। भूकम्प पीडितलाई दुई लाख रकमबाट वृद्धि गरि ३ लाख पुर्याइएको सरकारका उपलब्धिमा उल्लेख छ। धरहराको निर्माण तत्काल प्रारम्भ हुने पनि उनले बताएका छन्।
प्रधानमन्त्रीले सरकार गठन भएपछि १ हजार १ सय ५१ पटक बजार अनुगमन गरिएको बताएका छन्। हेलो सरकारमा एप्सबाट सुझाव पठाउन सकिने व्यवस्था सरकारले गरेको र हाम्रो सुदुरपश्चिम मोवाइल एप्स निर्माण गरिदै गरेको र हत्केलामा नीजामति सेवा नामक एप्स बनाइएकोलाई उपलब्धिमा समेटिएको छ।

नयाँ बर्षमा मेलम्चीको पानी काठमाडौंमा आउने गरि काम गर्ने निर्देशन दिएको र विकास निर्माणका काम तोकिएको समयमा गर्न निर्देशन दिएको बताउँदै उनले ति काममा आर्थिक अभाव हुन नदिने बताएका छन् ।
दुर्गम क्षेत्रबाट सञ्चालित मिडियालाई सहुलियत दिने र पत्रकारको सुरक्षाको विषयलाई समेटेर नीति ल्याउन लागेको उपलब्धिमा समेटिएको छ।

radiorajmarga

Share
Published by
radiorajmarga
Tags: तीन सय दिनमा गर्न नसकिने काम यो सरकारले १ सय दिनमा गरेको प्रधानमन्त्री प्रचण्डको भनाई

Recent Posts

प्रकाण्डलाई नुवाकोट ल्याइयो

नुवाकोट । नेत्रविक्रम चन्द‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गएराति नुवाकोट ल्याइएको छ । गत…

1 week ago

कञ्चनपुर घटनाको विरोध

काठमाडौँ । विवेकशील साझा पार्टीले मुलुकमा दिनानुदिन बढ्दो यौनजन्य हिंसा एवं बलात्कारपछि हत्या नै गर्नेसम्मका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको…

1 week ago

महिला हिंसाविरुद्ध कानून कार्यान्वयन माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले महिला हिंसामा संलग्नलाई कडा कारवाहीको माग गर्नुभएको छ । महिला हिंसाविरुद्ध सदनमा प्रस्तुत भएको…

1 week ago

अमेरिकी बिदेशमन्त्रीले उत्तर कोरिया भ्रमण गर्ने

वासिङटन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको पारमाणविक हतियार कार्यक्रम अन्त्य गर्नेसम्बन्धी परामर्शका लागि अर्को साता उत्तर कोरिया जान…

1 week ago

नागढुंगा-कलंकी सडकमा मन्त्री महासेठको अनुगमन

धार्के । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ कलंकी नागढुंगा सडक खण्डको अनुगमन गरेका छन् । शनिबार सडक विभागका अधिकारी…

1 month ago

शताब्दीकै लामो खग्रास चन्द्र ग्रहण : के गर्न हुने, के गर्न नहुने, कुन राशीलाई कस्तो ?

काठमाडौँ । नेपालसहित विश्वका अधिकांश क्षेत्रमा शुक्रबार गख्रास चन्द्र ग्रहण लाग्दैछ । आषढ शुब्ल पूर्णिमाको दिन अर्थात गुरु पूर्णिमा शुक्रबार यो…

1 month ago