इटालीमा शक्तिशाली भूकम्प

इटालीमा शक्तिशाली भूकम्प

CqlyVwwWIAA20

भदौ ८ एजेन्सी । इटालीमा शक्तिशाली भूकम्प गएको छ । इटालीको राजधानी रोम नजिक रहेको शहर पेरुगिएको दक्षिणी क्षेत्र केन्द्रविन्दु भएर ६ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण युएसजिएसले जनाएको छ । नेपाली समय अनुसार बुधबार बिहान ७ बजेर १६ मिनेट ९स्थानीय समय स् बिहान ३ बजेर ३६ मिनेट०जाँदा भूकम्प गएको हो । भूकम्पको गहिराई १० किलोमिटर मात्रै रहेको छ । भूकम्पकको धक्का राजधानी रोममा पनि महसुस भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । रोममा २० सेकेण्डसम्म भवन हल्लिएका थिए । तर अहिलेसम्म मानवीय क्षति भएको खबर आएको छैन । इटालीमा यसअघि सन् २००९ मा ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसबेला झण्डै तीन सय जनाको ज्यान गएको थियो । ujyaalo nline

२०७३ भदौ ८ गते मा प्रकाशित

Facebook Comments