नुवाकोटमा पहिरो, ५ जनाको मृत्यु

नुवाकोटमा पहिरो, ५ जनाको मृत्यु

11953179_1530332067257047_6845701073617335209_n

भदौ ११ – नुवाकोटमा पहिरो जाँदा ५ जनाके मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

नुवाकोटकोगोस्र्याङ गाविस वडा नम्बर दुईको काभ्रेमा बिहीबार राति अविरल वर्षासँगै पहिरो गएको हो ।

पहिरो खस्दा ३६ वर्षका सोमबहादुर तामाङ, उनकी श्रीमती ३५ वर्षकी सुकमाया तामाङ, ३५ वर्षका फुर्कमाया तामाङ, ११ वर्षका केशव तामाङ, आठ वर्षका पूर्ण तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

पहिरोमा परी १७ वर्षका छिरिङ तामाङ, २१ वर्षकी माया तामाङ, उमेर नखुलेका अशोक तामाङ, १२ वर्षका मनमाया तामाङ, आठ वर्षकी सञ्जुमाया तामाङ र ३५ वर्षका सुन्दरमान तामाङ घाइते भएका छन् ।

Facebook Comments