सिरियाको सरकारी सेनाको पकड क्षेत्रमा विस्फोट, ७८ जनाको मृत्यु
radiorajmargaInternational
जेठ १० – सिरियाका दुई शहरमा भएको बम विस्फोटमा परि कम्तिमा ७८ जनाको ज्यान गएको छ । सरकारी सेनाको पकडमा रहेकोतटीय शहर टारटस र जाबलामा आत्मघाती बम विस्फोट हुँदा धेरैको ज्यान गएको मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमनराइट्सले जनाएको छ । आक्रमणकारीले मानिसको घुइँचो रहेको बसपार्क तथा अस्पताललाई लक्षित गरी विस्फाट गराएको सिरियाको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
सरकारी सेनाको पकड रहेको यो क्षेत्रमा यस किसिमको आक्रमण निकै कम हुने गरेको थियो । बिद्रोही संगठन इस्लामिक स्टेट आइएससँग सम्बद्ध समाचार संस्थाले आक्रमणमा बिद्रोही समूहको हात रहेको उल्लेख गरेको छ ।
सिरियाको सरकारी टेलिभिजनले टारटसको बसपार्कमा एक जना पैदल आक्रमकारी र एक जना कारमा आएका आक्रमणकारीले आफैलाई विस्फोट गराएको उल्लेख गरेको छ । यस्तै जाबलाको बसपार्कमा रकेट आक्रमण भएको सरकारी समाचार संस्था सनाले जनाएको छ । ujyaalo online
२०७३ जेठ १० गते प्रकाशित