किरान्चोक गाउँ विकास समितिको कार्यालय तालाबन्दी

किरान्चोक गाउँ विकास समितिको कार्यालय तालाबन्दी

vdc

विक्रम अधिकारी किरान्चोक
जेठ ७ ,धादिङ । जिल्ला विकास समिति धादिङले आफ्नो वेभ साईट मार्फत सार्वजनिक गरेको ग्रामीण आवास अनुदान तथा ग्रामीण पूर्वाधार पुनर्निमाण केन्द्रीय आयोजना कार्यान्वयन इकाईबाट ईमेल मार्फत प्राप्त राष्ट्रिय पुनर्निमाण प्राधिकणको कार्यसमितिको निर्णय अनुसार स्वीकृत निम्न गाविसको निजी आवास अनुदान प्राप्त गर्ने लाभग्राहीको नामावलीमा आफुहरुको नामावली समावेस नभएको भन्दै आज गाविस कार्यालय ताला बन्दी गरेका हुन् ।
मुल्याङ्कन गर्न आएका ईन्जिनियरले लापरबाही पूर्ण तरिकाले घर नाप्दै हिड्ने गरेकोले इन्जिनियर लाई समेत कारबाहिको गर्नु पर्ने स्थानियले बतायको किरान्चोक बाट सहकर्मी बिक्रम अधिकरी ले बताउनु भयो ।
वास्तविक भुकम्प पीडितले घर बनाउने पैसा नपाए कडा रुपले संघर्ष गर्ने पिडितहरुले बताएका छन् । यसै गरि गाबिस सचीव तिर्थ बहादुर दुवाडी ले भने पीडित हरुको माग ईलाका हुँदै जिल्ला बिकास समिती को कार्यलय सम्म पुर्याउने र पीडित हरुको जाएज माग पुरा गर्न को लागि सम्बन्धित निकाय लाई घच्घचाउने बताउनु भएको छ।
भुकम्पवाट क्षतिग्रष्त निजी आवास पुनःनिर्माण अनुदान का लागि कुल १३ सय ९३ घर धुरी मध्ये किराञ्चोकबाट ११ सय ८ घर धुरिले मात्र दुई लाख रकम प्राप्त गर्न सक्ने उक्त वेभ साईटमा उल्लेख गरिएको छ।

Facebook Comments