सद्गुरु गोरखनाथ बाबाको मन्दिर संरक्षणमा थाहाका युवाहरु जुर्मराउँदै

सद्गुरु गोरखनाथ बाबाको मन्दिर संरक्षणमा थाहाका युवाहरु जुर्मराउँदै

gorkha

रुपक कालीराज
जेठ ६, मकवानपुर । उत्तरी मकवानपुरको थाहा नगरपालिका ७ डाडागाउँ अवस्थित रहेको सद्गुरु गोरखनाथ बाबाको मन्दिरको संरक्षणको लागि स्थानिय युवाहरु जुर्मराउन थालेका छन् । निमार्णर्धिन मन्दिरलाई अझ सु—व्यवस्थित पार्ने उद्देश्यले थाहाका यूवाहरुले मन्दिर संरक्षण समिति समेत गठन गरेका छन । मोवाईयल एसोसियसनका सदस्य समेत रहेका गणेश विष्टको अध्यक्षतामा ११ सदस्यीय मन्दिर संरक्षण समिति गठन गरिएको हो । समितिको सचिब आकृति विष्ट, कोषाध्यक्ष सिमरण खड्का, चयन भएका छन् । समितिको सदस्यहरुमा राजकुमार भुजेल, जितेन्द्र विष्ट, कृष्ण विष्ट, अनुप बस्नेत, दिपराज के.सी, दुर्गा विष्ट, विजय कुमार विष्ट, र प्रदिप विष्ट चयन भएका छन् । गठन भएको कार्यसमितिले मन्दिर क्षेत्रको संरक्षण,सरसफाइ ,प्रचार प्रसार, बर्तमान निर्माणको कार्यमा सहयोग र त्यस क्षेत्रको पर्यटन विकासका लागि विशेष रुपमा ध्यान दिने समितिका अध्यक्ष गणेश विष्टले बताउनु भयो । सद्गुरु गोरखनाथ मन्दिर निमार्ण समितिका अध्यक्ष तथा ७ नम्बर वडा संयोजक ईन्द्र जंग खड्काको उपस्थितमा समिति गठन गरिएको हो । स्थानिय बुद्धिजिवि, राज नैतिक दलका प्रतिनिधि, सामुदायिक सेवा केन्द्रका प्रहरी, सरोकारवाला लगायतले यूवाहरु एक जुट हुनु सकरात्मक रहेको बताउदै थाहा नगरमा यस्ता यूवाको खाचोँ रहेको बताएका थिए ।

२०७३ साल जेठ ६ प्रकाशित

Facebook Comments