धादिङ केन्द्रबिन्दु बनाएर भूकम्प गयो !

धादिङ केन्द्रबिन्दु बनाएर भूकम्प गयो !

earthQueak-810

धादिङ । आज बिहान ७ बजेर ४ मिनेट जाँदा धादिङलाई केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको पराकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । शक्तिशाली भूकम्प गएको एक वर्ष वितिसक्दा पनि भूकम्पको पराकम्प आउने क्रम रोकिएको छैन । ६ दिन अघि धादिङ र गोर्खा केन्द्रबिन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प मापन गरिएको थियो । गत वर्ष वैशाख १२ र २९ मा शक्तिशाली भूकम्प गएको थियो ।
गोरखाको बारपाक केन्द्र विन्दु भएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प पछि अहिलेसम्म ४ रेक्टर स्केल भन्दा माथिका ४५३ पटक परकम्प गइसकेको छ ।

२०७३ वैशाख २९ गते प्रकाशित

Facebook Comments