साउन २४, काठमाडौं । साउदीका राजा सलमान बिन अब्दुल्लाजिज अल साउदले कामदारको तलव लामो समयसम्म रोकेर नराख्न निर्देशन दिएका छन् । राजा सलमानले कम्पनी रोजगारदाताहरुलाई कामदारको पाउन बाँकी तलव तत्काल भुक्तनी गर्न निर्देशन दिएका हुन् ।
उनले तलव रोक्ने रोजगारदतालाई छिटो भुक्तानीका लागि दबाव दिन श्रम तथा सामाजिक विकास मन्त्रालयलाई निर्देश गरेको अरेबियन समाचार संस्थाले जनाएका छन् । उनले तलब भुक्तानी गर्न नमान्ने कम्पनीलाई सरकारी भुक्तानी बन्द गर्न पनि भनेका छन् । अहिले साउदी अरबमा लाखौं विदेशी कामदार समयमै तलव नपाएर भोकमरीसँग जुधिरहेका छन् ।
कामदारको तलब भुक्तानी नगरेसम्म कम्पनीहरुलाई सरकारी तबरबाट हुने भुक्तानी रोक्न पनि राजाले भनेका छन् । विदेशी कामदारहरुलाई पछिल्लो समयमा लामो समयसम्म कम्पनीहरुले तलव नदिएको गुनासो बढेपछि राजा सलमानले यस्तो निर्देशन दिएका हुन् ।
पीडित कामदारलाई तलब नदिने कम्पनीविरुद्ध मुद्धा चलाउन र स्वदेश फर्किन चाहने कामदारलाई फर्काउने व्यवस्था गर्न पनि भनिएको समाचारमा उल्लेख छ ।
साउदीले अलपत्र रेका कामदारको उद्धारका लागि श्रम मन्त्री नेतृत्वको एक राहत कोष पनि स्थापना गरेको छ । यसमा १ सय मिलियन साउदी रियाल जम्मा गरिएको छ ।
साउदीमा कतिपय नेपाली कामदारले १० महिनादेखि तलव पाएका छैनन् । यसैका कारण विदेशी मजदुरहरु समस्यामा छन् । साउदी सरकारले तलव नापएर समस्या परेकालाई उचित तवबरमा बस्ने(खाने व्यवस्था गर्न र त्यसबापतको खर्च रोजगारदाता कम्पनीसँगै लिन तल्ला निकायका अधिकारीलाई भनेको छ ।
यस्तै अरेवियन एयरलाइन्ससँग मिलेर स्वदेश फर्किन चाहने कामदारलाई पठाउन र यसको खर्च पनि रोजगारदाताबाटै असुल्न भनिएको छ । अब साउदी सरकारले सम्बन्धित देशका कुटनितिक नियोगसँग कति कामदारले यस्ता समसइा भोगेका छन् भनेर विवरण माग गर्ने भएको छ ।
अनलाइनखबर
२०७३ साउन २४ गते मा प्रकाशित
नुवाकोट । नेत्रविक्रम चन्द‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गएराति नुवाकोट ल्याइएको छ । गत…
काठमाडौँ । विवेकशील साझा पार्टीले मुलुकमा दिनानुदिन बढ्दो यौनजन्य हिंसा एवं बलात्कारपछि हत्या नै गर्नेसम्मका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको…
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले महिला हिंसामा संलग्नलाई कडा कारवाहीको माग गर्नुभएको छ । महिला हिंसाविरुद्ध सदनमा प्रस्तुत भएको…
वासिङटन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको पारमाणविक हतियार कार्यक्रम अन्त्य गर्नेसम्बन्धी परामर्शका लागि अर्को साता उत्तर कोरिया जान…
धार्के । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ कलंकी नागढुंगा सडक खण्डको अनुगमन गरेका छन् । शनिबार सडक विभागका अधिकारी…
काठमाडौँ । नेपालसहित विश्वका अधिकांश क्षेत्रमा शुक्रबार गख्रास चन्द्र ग्रहण लाग्दैछ । आषढ शुब्ल पूर्णिमाको दिन अर्थात गुरु पूर्णिमा शुक्रबार यो…