एम.के.सुरज
गल्छी । गल्छी गाउँपालिका वडा नं ५ सिर्वानीमा भएको ग्याँस बिस्फोटनको घरधनीलाई सवारी चालक समाज, धादिङले आज संस्थाको तर्फबाट सान्त्वना स्वरुप बिस हजार रुपैयाँ प्रदान गरेको छ। सवारी चालक समाजको पश्चिम क्षेत्रीय कार्यालय, बैरेनी, धादिङमा आयोजित कार्यक्रममा सवारी चालक समाजका अध्यक्ष नारायण पन्तले सो रकम प्रदान गर्नुभएको हो।
घरधनी बाबुराम तिमल्सिना पनि सवारी चालक भएकाले वहाँलाई सान्त्वना स्वरुप सो रकम प्रदान गरिएको बताइन्छ । कार्यक्रममा बोल्नुहुँदै सवारी चालक समाज, धादिङका सभापति पन्तले सो संस्था चालकहरुको हकहितको लागि स्थापना भएको र यसले चालकहरुको लागि नै कार्य गर्ने बताउनुभयो।
गत पौष सात गते बाबुराम तिमल्सिनाले बजारबाट किनेर लगेको नमस्ते ग्याँसको सिलिण्डर घरभित्र पुर्याएपछि विस्फोट भएको थियो। पुरानो ग्याँस सिलिण्डर प्रयोग गर्न खोज्दा विस्फोट भइ एक घर जलेर पूर्णरुपमा क्षति भएको थियो। भने लाखौको धनमाल नष्ट भएको थियो।
ग्याँस उद्योगले बजारमा ल्याएको सिलिण्डर घरमा लगेलगत्तै विस्फोट भएकाले क्षतिपूर्ति उपलब्ध गराउन तिमल्सिनाले माग गरेका थिए। मानिस घर बाहिर भएकाबेला विस्फोट भएकाले मानवीय क्षति नभए पनि अन्नपात, लत्ताकपडा तथा सबै सामग्री नष्ट भएको थियो। सो घटना लगतै वडा कार्यालयले गाउँमा लगिएका सबै ग्याँस सिलिण्डर जाँच गर्न र पुराना सिलिण्डर फिर्ता गर्नका लागि आह्वान गरेको थियो।
२०७४ पौष १५ गते प्रकाशित
नुवाकोट । नेत्रविक्रम चन्द‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गएराति नुवाकोट ल्याइएको छ । गत…
काठमाडौँ । विवेकशील साझा पार्टीले मुलुकमा दिनानुदिन बढ्दो यौनजन्य हिंसा एवं बलात्कारपछि हत्या नै गर्नेसम्मका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको…
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले महिला हिंसामा संलग्नलाई कडा कारवाहीको माग गर्नुभएको छ । महिला हिंसाविरुद्ध सदनमा प्रस्तुत भएको…
वासिङटन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको पारमाणविक हतियार कार्यक्रम अन्त्य गर्नेसम्बन्धी परामर्शका लागि अर्को साता उत्तर कोरिया जान…
धार्के । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ कलंकी नागढुंगा सडक खण्डको अनुगमन गरेका छन् । शनिबार सडक विभागका अधिकारी…
काठमाडौँ । नेपालसहित विश्वका अधिकांश क्षेत्रमा शुक्रबार गख्रास चन्द्र ग्रहण लाग्दैछ । आषढ शुब्ल पूर्णिमाको दिन अर्थात गुरु पूर्णिमा शुक्रबार यो…