Categories: NationalNews

विजुलीको लोड धान्नै सकेनन ट्रान्सर्फमरहरुले

धादिङ । भारतीय नाकाबन्दीका कारण खाना पकाउने ग्यासको चरम अभाव भएकाले सर्वसाधारण विद्युतीय चुलो बाल्न बाध्य भएपछि बिजुलीमा भार (लोड) बढेर धमाधम ट्रान्सफर्मर पड्कन र तार जल्न थालेका छन्।
विशेष गरेर बेलुका ६ देखि ८ बजेसम्म खाना पकाउने समयमा जुनसुकै फिडरमा पनि तार बल्ने र ट्रान्सफर्मर पड्कने गरेको छ । यसले गर्दा नेपाल विद्युत् प्राधिकरणलाई भार व्यवस्थापन गर्न हम्मे परेको छ।
प्राधिकरणका कार्यकारीनिर्देशक मुकेशराज काफ्लेले एक सातायता नदीमा जलस्तर घट्न गई विद्युत् उत्पादनमा समेत कमी हुन थालेका बेला सर्वसाधारणले हिटर, इन्डक्सन चुलोजस्ता विद्युतीय उपकरणमा भात पकाउन थालेपछि प्राधिकरणलाई प्रणाली व्यवस्थापन गर्न कठिन परिरहेको बताए। अघिल्लो साता प्राधिकरणका आफ्ना विद्युत्गृहबाट तीन सय ८० मेगावाट विद्युत् उत्पादन भइरहेकोमा बिहीबार तीन सय ४४ मेगावाटमात्र उत्पादन भएको छ।
प्राधिकरणका विभिन्न वितरण केन्द्र र क्षेत्रीय कार्यालयबाट विद्युतीय लोड बढेका कारण तार र ट्रान्सफर्मर जल्ने गरेको जानकारी आउन थालेको प्राधिकरणका वितरण तथा ग्राहक सेवाका उपकार्यकारीनिर्देशक रामचन्द्र पाण्डेयले बताए। उपत्यकासहित देशका विभिन्न भागमा ट्रान्सफर्मर, एमसीसीसीभी (ट्रान्सफर्मर कन्ट्रोलर), वितरण तार (केबल) बल्ने गरेकाले तत्काल अर्को मर्मत गर्न पनि ट्रान्सफर्मर र पेट्रोलियम अभावले उत्तिकै समस्या भएको पाण्डेले बताए।

radiorajmarga

Recent Posts

प्रकाण्डलाई नुवाकोट ल्याइयो

नुवाकोट । नेत्रविक्रम चन्द‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गएराति नुवाकोट ल्याइएको छ । गत…

2 weeks ago

कञ्चनपुर घटनाको विरोध

काठमाडौँ । विवेकशील साझा पार्टीले मुलुकमा दिनानुदिन बढ्दो यौनजन्य हिंसा एवं बलात्कारपछि हत्या नै गर्नेसम्मका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको…

2 weeks ago

महिला हिंसाविरुद्ध कानून कार्यान्वयन माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले महिला हिंसामा संलग्नलाई कडा कारवाहीको माग गर्नुभएको छ । महिला हिंसाविरुद्ध सदनमा प्रस्तुत भएको…

2 weeks ago

अमेरिकी बिदेशमन्त्रीले उत्तर कोरिया भ्रमण गर्ने

वासिङटन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको पारमाणविक हतियार कार्यक्रम अन्त्य गर्नेसम्बन्धी परामर्शका लागि अर्को साता उत्तर कोरिया जान…

2 weeks ago

नागढुंगा-कलंकी सडकमा मन्त्री महासेठको अनुगमन

धार्के । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ कलंकी नागढुंगा सडक खण्डको अनुगमन गरेका छन् । शनिबार सडक विभागका अधिकारी…

1 month ago

शताब्दीकै लामो खग्रास चन्द्र ग्रहण : के गर्न हुने, के गर्न नहुने, कुन राशीलाई कस्तो ?

काठमाडौँ । नेपालसहित विश्वका अधिकांश क्षेत्रमा शुक्रबार गख्रास चन्द्र ग्रहण लाग्दैछ । आषढ शुब्ल पूर्णिमाको दिन अर्थात गुरु पूर्णिमा शुक्रबार यो…

1 month ago