लेग चाडमा आत्मघाती आक्रमण, २७ जनाको मृत्यु
radiorajmargaInternational
मंसिर २० – अफ्रिकी मुलुक लेक चाडमा भएको आत्मघाती आक्रमणमा २७ जनाको ज्यान गएको छ । झण्डै ८० जना घाइते भएका छन् । सुरक्षा अधिकारीका अनुसार लेक चाडको एक साप्ताहिक बजारमा ३ वटा आत्मघाती आक्रमण भएको थियो ।
आक्रमणको जिम्मेवारी कुनै पनि समुहले लिएको छैन । यस क्षेत्रमा बिद्रोही समुह बोको हरामले आक्रमण गर्दै आएको थियो । बोको हरामको हिंसात्मक गतिविधि बढ्दै गएपछि यस क्षेत्रमा आपतकालिन अवस्था लागु भएको थियो ।
बोको हरामको आक्रमणबाट बच्न आफ्नो ठाउँबाट विस्थापित भएका हजारौं नागरिक यो द्धीपमा बस्दै आएका थिए । आत्मघाती आक्रमणमा ३ जना महिला संलग्न रहेका प्रहरीले जनाएको छ ।
बोको हरामको कब्जामा रहेको उत्तरी नाइजेरियाको केही भूभाग फिर्ता लिन चाडको सहयोग महत्पवूर्ण रहेकाले यो आक्रमण बोको हरामले गरेको हुन सक्ने अनुमान छ ।
सन् २००९ देखि अहिलेसम्म बोको हरामको आक्रमणमा नाइजेरियामा कम्तिमा १७ हजारको ज्यान गैसकेको एम्नेस्टी इन्टरनेशनलले जनाएको छ ।
– एजेन्सीको सहयोगमा