शिवराज आचार्य
पौष ४ । धादिङको नौविसे १ धार्केमा गैह्रसरकारी सँस्था राष्ट्रिय एकिकृत विकास समाज नेपाल (निड्स नेपाल) को गठन गरिएको छ । धादिङका विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गरेका उक्त सँस्थाका सँस्थापकहरुको भेलाले शनिबार धार्केमा अमृत राना क्षेत्रीको अध्यक्षतामा ११ सदस्यिय कार्यसमितीको गठन गरेको हो ।
कार्यसमितीको उपाध्यक्षमा लक्ष्मी भुजेल, कोषाध्यक्षमा राम ठकुरी (आशिष), सचिवमा राज ढुङगाना, सहसचिवमा दिपा सुबेदी चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा जानुका कँडेल, प्रदिप कोईराला, माधव घले, उमेश राना, रजनी लामा र सिता परियार चयन हुनुभएकोे छ ।
राजमार्ग सामुदायिक सञ्चार केन्द्रका अध्यक्ष नारायण चन्द्र सुबेदी, महिला सञ्जाल धादिङका उपाध्यक्ष अप्सरा शर्मा, लायन्स क्लब अफ पिस खानिखोलाका पुर्वअध्यक्ष रघुनाथ पाठक लगायतको सहभागितामा गठन भएको निड्स नेपालले राष्ट्रको समग्र विकासका लागि काम गर्ने जनाएको छ ।
नुवाकोट । नेत्रविक्रम चन्द‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गएराति नुवाकोट ल्याइएको छ । गत…
काठमाडौँ । विवेकशील साझा पार्टीले मुलुकमा दिनानुदिन बढ्दो यौनजन्य हिंसा एवं बलात्कारपछि हत्या नै गर्नेसम्मका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको…
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले महिला हिंसामा संलग्नलाई कडा कारवाहीको माग गर्नुभएको छ । महिला हिंसाविरुद्ध सदनमा प्रस्तुत भएको…
वासिङटन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको पारमाणविक हतियार कार्यक्रम अन्त्य गर्नेसम्बन्धी परामर्शका लागि अर्को साता उत्तर कोरिया जान…
धार्के । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ कलंकी नागढुंगा सडक खण्डको अनुगमन गरेका छन् । शनिबार सडक विभागका अधिकारी…
काठमाडौँ । नेपालसहित विश्वका अधिकांश क्षेत्रमा शुक्रबार गख्रास चन्द्र ग्रहण लाग्दैछ । आषढ शुब्ल पूर्णिमाको दिन अर्थात गुरु पूर्णिमा शुक्रबार यो…