मलेसिया, कात्तिक ८ – मलेसिया सरकारले यहाँ कार्यरत सबै कामदारको न्युनतम पारिश्रमिक बढाएको छ । आगामी वर्षको जुलाईदेखि लागू हुनेगरी न्यूनतम पारिश्रमिक वृद्धि भएको मलेसियाली संचार माध्यमहरुले जनाएका छन ।
गएको शुक्रबार ‘बजेट सार्वजनिक गर्दै मलेसियाका प्रधानमन्त्री दातुक श्री नाजिब तुन अब्दुल रजाकले निजी क्षेत्रमा कार्यरत सबै कामदारहरुको मासिक न्यूनतम ज्याला ९ सय आरएमबाट बढाएर १ हजार आरएम पुर्याइएको घोषणा गर्नुभएको स्थानिय समाचार संस्थाहरुले उल्लेख गरेका छन ।
स्थानिय पत्रिका द सनले प्रकाशित गरेको समाचार अनुसार नयाँ घोषणामा पश्चिमी मलेसिया (साबह र सेरावाक बाहेक) मा कार्यरत कामदारका लागि १ हजार रिंगिट र पूर्वी मलेसिया (सावाह, सारावक र लाबुवान) मा कार्यरत कामदारका लागि ९२० रिंगिट न्युनतम ज्याला तोकिएको छ । बढेको तलबमान स्थानिय र बिदेशी सबै कामदारका लागि भएकोले यसको पूर्ण कार्यान्वायन भए यहाँ कार्यरत ८ लाख नेपाली लाभान्वित हुनेछन ।
मलेसियाली सरकारले यसअघि २०१३ को जनवरी महिनामा न्यूनतम पारिश्रमिक तोकेको थियो । यो नीति ६ महिना परिक्षणका रुपमा समेत कार्यान्वयन गरिएको थियो । हाल पश्चिमी मलेसियामा कार्यरत कामदारले मासिक ९ सय रिंगिट र पूर्वी मलेसियामा कार्यरत कामदारले ८ सय रिंगिट न्यूनतम पारिश्रमिक पाउँदै आएका छन् । सरकारले घोषणा गरेको पारिश्रमिक लागू नगर्ने रोजगारदाताहरुलाई प्रति कामदार १ लाख रिंगिटसम्म जरिवाना हुन सक्ने जनाएको छ ।
भुमिराज पराजुली/उज्यालो ।
नुवाकोट । नेत्रविक्रम चन्द‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गएराति नुवाकोट ल्याइएको छ । गत…
काठमाडौँ । विवेकशील साझा पार्टीले मुलुकमा दिनानुदिन बढ्दो यौनजन्य हिंसा एवं बलात्कारपछि हत्या नै गर्नेसम्मका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको…
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले महिला हिंसामा संलग्नलाई कडा कारवाहीको माग गर्नुभएको छ । महिला हिंसाविरुद्ध सदनमा प्रस्तुत भएको…
वासिङटन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको पारमाणविक हतियार कार्यक्रम अन्त्य गर्नेसम्बन्धी परामर्शका लागि अर्को साता उत्तर कोरिया जान…
धार्के । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ कलंकी नागढुंगा सडक खण्डको अनुगमन गरेका छन् । शनिबार सडक विभागका अधिकारी…
काठमाडौँ । नेपालसहित विश्वका अधिकांश क्षेत्रमा शुक्रबार गख्रास चन्द्र ग्रहण लाग्दैछ । आषढ शुब्ल पूर्णिमाको दिन अर्थात गुरु पूर्णिमा शुक्रबार यो…