मधेसी मोर्चाले आन्दोलन अझै सशक्त बनाउने

radiorajmarga

National

असोज ६ – सरकार र तीन दलको बार्ताको पटकपटकको प्रस्ताव अस्विकार गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन थप सशक्त र प्रभावकारी बनाउने निर्णय गरेको छ ।
सप्तरीको राजविराजमा बसेको मोर्चाको बैठकले जारी आन्दोलनलाई निरन्तरता दिदै मधेसमा आन्दोलरत थरुहट, थारुवान संघर्ष समिति, लगाय पक्षसंग सहकार्य गरेर अझ सशक्त बनाउने निर्णय गरेको हो ।
सरकार र प्रमुख दलले आफ्ना मागको कुनै सुनुवाई नगरेको भन्दै मोर्चाले भन्सार नाका र राजमार्ग केन्द्रित आन्दोलनलाई जोड दिने निर्णय गरेका छन् । मंगलबार र बुधबार बसेको बैठक बसेको मोर्चाले पूर्व पश्चिम हुलाकी लोकमार्गमा मानव साङलो निर्माण गर्ने, सरकारी कार्यालय, भन्सार नाका बन्द गराउनेलगायतका आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
यस्तै सरकारले मधेस आन्दोलनमा दमन गरेको भन्दै मोर्चाले सर्वोच्च र अन्तराष्ट्रिय फौजदारी अदालतमा मुद्दा दायर गर्ने जनाएको छ । सुनसरीको इनरुवामा केही व्यक्तिले चीनको झन्डा जलाएकोमा मोर्चाले निन्दा गर्दै त्यसको भत्र्सना समेत गरेको छ ।
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले झापादेखि कञ्चनपुरसम्मको जिल्लामा पश्चिम गण्डकदेखि थरुहट र चितवनदेखि झापासम्म पूर्व मधेस प्रदेश हुनुपर्ने माग गर्नुभयो । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुले वार्ताको ढोका बन्द नगरेको बताउनुभयो ।