Categories: International

भारतको शिरमा चीनले ११ सय मेगावट विद्युत निकाल्ने

एजेन्सी । भारतको तीब्र विरोधका बाबजुत चीनले भारतीय कश्मिरसँगैको पाकिस्तान नियन्त्रित कश्मीरस्थित झेलुम नदीमा ठूलो बाँध बनाउने घोषणा गरेको छ ।

भारतको शिरका रुपमा परिचित कश्मीरमा चीनको सरकारी कम्पनीले यो बाँध बनाउने घोषणा गरेको हो । यो घोषणापछि भारतको कडा विरोधका बावजूद चीन पाकिस्तान नियन्त्रित कश्मीरमा ठूलो परियोजनामा सक्रिय रहेको पाइएको छ ।

चीनको सबैभन्दा ठूलो सरकारी हाइड्रोपावर कम्पनीमध्ये एक सिटिजिसीले झेलुम नदीमा बाँध बनाउने परियोजनामा सम्झौता गरेको हो ।

सिटिजिसीले ने चीनमा विश्वकै ठूलो बाँध बनाएको छ । अब यसै कम्पनीले पाकिस्तान नियन्त्रित कश्मीरमा कोहाला हाइड्रोपावर प्रोजेक्ट बनाउने कामका लागि सम्झौता गरेको छ ।

कम्पनीले यो सूचना आफ्नो वेबसाइटमा दिएको छ । झेलुम नदीमा यो बाँध बनाइएपछि एउटै परियोजनाबाट ११ सय मेगावट बिजुली उत्पादन हुनेछ । यो परियोजनाको लागत २ अर्ब ४ करोड अमेरिकी डल रहेको छ ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार चीनले यसका लागि ३० वर्षको सम्झौता गरेको छ । भारतले यो बाँध बनाउने चिनियाँ चासोमा पहिलेबाटै आपत्ति जनाउँदै आएको छ ।

तर चीनले आफ्नो यो परियोजनालाई शुद्ध व्यावसायिक गतिविधि बताएको छ । चीनले यो परियोजनमा हस्ताक्षर गर्दा कश्मीर मुद्दामा कुनै पूर्वाग्रह नराखेको जनाएको छ । साथै भारत र पाकिस्तानबीचको कुनै विवादबारे चीनले चासो पनि दिएको छैन ।

कोहाला बाँध न्यू चाइना पाकिस्तान इकोनोमिक कोरिडोरको अहम परियोजना हो । यो त्यही कोरिडोर हो जुन चीनको जिनजियाङ्ग इलाकामा काशगरलाई पाकिस्तान नियन्त्रित कश्मीर हुँदै पाकिस्तानको ग्वादर बन्दरगाहसँग जोडिन्छ ।

पाकिस्तानको ग्वादर बन्दरगाह पनि चीनले नै बनाइदिएको हो । यो बन्दरगाह पनि चीनले नै व्यवस्थापन गर्दै आएको छ । यो कोरिडोर चीनका लागि रणनीतिक र व्यावसायिक प्रयोजनका लागि धेरै महत्वपूर्ण रहेको छ ।

radiorajmarga

Recent Posts

प्रकाण्डलाई नुवाकोट ल्याइयो

नुवाकोट । नेत्रविक्रम चन्द‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गएराति नुवाकोट ल्याइएको छ । गत…

2 weeks ago

कञ्चनपुर घटनाको विरोध

काठमाडौँ । विवेकशील साझा पार्टीले मुलुकमा दिनानुदिन बढ्दो यौनजन्य हिंसा एवं बलात्कारपछि हत्या नै गर्नेसम्मका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको…

2 weeks ago

महिला हिंसाविरुद्ध कानून कार्यान्वयन माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले महिला हिंसामा संलग्नलाई कडा कारवाहीको माग गर्नुभएको छ । महिला हिंसाविरुद्ध सदनमा प्रस्तुत भएको…

2 weeks ago

अमेरिकी बिदेशमन्त्रीले उत्तर कोरिया भ्रमण गर्ने

वासिङटन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको पारमाणविक हतियार कार्यक्रम अन्त्य गर्नेसम्बन्धी परामर्शका लागि अर्को साता उत्तर कोरिया जान…

2 weeks ago

नागढुंगा-कलंकी सडकमा मन्त्री महासेठको अनुगमन

धार्के । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ कलंकी नागढुंगा सडक खण्डको अनुगमन गरेका छन् । शनिबार सडक विभागका अधिकारी…

1 month ago

शताब्दीकै लामो खग्रास चन्द्र ग्रहण : के गर्न हुने, के गर्न नहुने, कुन राशीलाई कस्तो ?

काठमाडौँ । नेपालसहित विश्वका अधिकांश क्षेत्रमा शुक्रबार गख्रास चन्द्र ग्रहण लाग्दैछ । आषढ शुब्ल पूर्णिमाको दिन अर्थात गुरु पूर्णिमा शुक्रबार यो…

1 month ago