बानेश्वरमा सुझाव संकलनस्थल बाहिर झडप
radiorajmargaNational
संविधान मस्यौदाको सुझाव संकलन गर्ने क्रममा काठमाडौं क्षेत्र नं १ को संविधान मस्यौदाको सुझाव संकलन भइहरेको बानेश्वर ब्याङ्केटमा राप्रपा नेपालका कार्यकर्ताले नाराबाजी गर्दै कार्यक्रम विथोल्न खोजेपछि कार्यकर्ता र प्रहरीबीच सामान्य झडप भएको छ।
कार्यक्रमस्थल बाहिर राप्रपा नेपालका कार्यकर्ताले मस्यौदा जलाएका छन् । उनीहरुले हिन्दू राज्यको माग गर्दै नाराबाजी गरिरहेका छन् ।
नारावाजी गर्दै कार्यक्रम विथोल्न आएका राप्रपा नेपालका कार्यकर्तालाई प्रहरीले कार्यक्रमस्थलमा छिर्न नदिएपछि झडप भएको हो।
यद्यपी ब्याङ्केटमा सुझाव दिनको लागि सर्वसाधारणको बाक्लो उपस्थिति छ। उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहको नेतृत्वमा सुझाव संकलन भइरहेको छ।