नेकपा एमाओवादी अध्यक्ष प्रचण्ड सहभागी हुने सिराको निर्वाचन क्षेत्र नम्बर ५, मिर्चैयास्थित मोहन उच्च माविमा सुझाव संकलनका लागि बनाइएको मञ्च प्रदर्शनकारीले जलाएका छन्।
मधेशवादी दलको विरोधका बावजुद दाहाल सुझाव संकलनमा सहभागी भएको भन्दै आक्रोशित उनीहरूले मञ्च जलाएका हुन्।
दाहाल कार्यक्रम छोट्याएर फर्किए पनि मस्यौदाको विरोध गर्दै प्रहरी र प्रदशर्नकारीबीच झडप भएको थियो।
झडपमा संघीय समाजवादी फोरमका सभासद् वीरेन्द्र महतोसहित दर्जनौ कार्यकर्ता र प्रहरी घाइते भएका छन्।
प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन अश्रुग्याससमेत प्रहार गरेको थियो। प्रहरीको दमन तिब्र भएको भन्दै प्रदर्शनकारीहरूले करिब ८ बजे राति मिर्चैयास्थित मञ्चमा आगजनी गरेको प्रहरीले जनाएको छ।
आगजनीका मञ्चमा रहेको पाल, कुर्सीलगायतका सामानहरू जलेका छन्।
Facebook Comments