पौडि खेल्ने क्रममा डुबेर धादिङमा शिक्षकको मृत्यु
radiorajmargaNational
धादिङ, मंङसिर १९ । पौडि खेल्ने क्रममा थोप्पल खोलामा डुबेर शनिबार धादिङमा एक जनाको मृत्यु भएको छ । बागेश्वरी उमावि मलेखुबाट बनभोज खानको लागि कुम्पुर गाउँ विकास समिति वडा नम्बर ३ गएका शिक्षक शिव नेपालको थोप्पल खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । धादिङको नीलकण्ठ नगरपालीका वडा नम्बर ६ घर भएका शिक्षक शिव नेपाल बागेश्वरी उमाविमा विज्ञान विषय अध्यापन गराउदै आएका थिए ।