Categories: HighwayNationalNews

पूर्व र पश्चिमका बिभिन्न जिल्ला बन्दले राजमार्गमा गाडीको संख्या कम

साउन २९ – पूर्व र पश्चिमका विभिन्न जिल्लामा बन्द भएपछि काठमाडाैं उपत्यका भित्रिने र बाहिरिने गाडीको संख्या घटेको छ । नागढुङ्गाका ट्राफिक प्रहरी नायव निरीक्षक विकल भट्टराईका अनुसार दैनिक ९ सय भन्दा धेरै गाडी काठमाण्डू भित्रने गरेकोमा बाहिर जिल्लामा बन्द भएपछि झण्डै ८ सय गाडी भित्रिएका छन् ।
बाहिरका जिल्ला बन्द भएपछि गाडीहरु समयमा नछुट्दा काठमाण्डूमा ढिला आइपुग्ने गरेको उहाँले बताउनुभयो । उहाँँका अनुसार बिहान ६ बजे नै काठमाडाैं भित्रनुपर्ने गाडी बन्दका कारण १० बजेपछि मात्र आइपुग्न थालेका छन् ।
सुदुरपश्चिमबाट भने गाडी नआएको प्रहरी नायव निरिक्षक भट्टराइले जानकारी दिनुभयो । पूर्वबाट भने अहिले गाडी आइरहेका छन् । बितेको २४ घण्टामा काठमाडाैंमा ८ सय ५१ वटा गाडी भित्रिएका छन् भने ७ सय ५९ वटा गाडी बाहिरिएका छन् ।
एक हप्ताअघिसम्म दैनिक ९ सयभन्दा धेरै गाडी भित्रँदा ८ सय भन्दा धेरै बाहिरिने गरेका महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

radiorajmarga

Recent Posts

प्रकाण्डलाई नुवाकोट ल्याइयो

नुवाकोट । नेत्रविक्रम चन्द‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गएराति नुवाकोट ल्याइएको छ । गत…

2 weeks ago

कञ्चनपुर घटनाको विरोध

काठमाडौँ । विवेकशील साझा पार्टीले मुलुकमा दिनानुदिन बढ्दो यौनजन्य हिंसा एवं बलात्कारपछि हत्या नै गर्नेसम्मका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको…

2 weeks ago

महिला हिंसाविरुद्ध कानून कार्यान्वयन माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले महिला हिंसामा संलग्नलाई कडा कारवाहीको माग गर्नुभएको छ । महिला हिंसाविरुद्ध सदनमा प्रस्तुत भएको…

2 weeks ago

अमेरिकी बिदेशमन्त्रीले उत्तर कोरिया भ्रमण गर्ने

वासिङटन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको पारमाणविक हतियार कार्यक्रम अन्त्य गर्नेसम्बन्धी परामर्शका लागि अर्को साता उत्तर कोरिया जान…

2 weeks ago

नागढुंगा-कलंकी सडकमा मन्त्री महासेठको अनुगमन

धार्के । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ कलंकी नागढुंगा सडक खण्डको अनुगमन गरेका छन् । शनिबार सडक विभागका अधिकारी…

1 month ago

शताब्दीकै लामो खग्रास चन्द्र ग्रहण : के गर्न हुने, के गर्न नहुने, कुन राशीलाई कस्तो ?

काठमाडौँ । नेपालसहित विश्वका अधिकांश क्षेत्रमा शुक्रबार गख्रास चन्द्र ग्रहण लाग्दैछ । आषढ शुब्ल पूर्णिमाको दिन अर्थात गुरु पूर्णिमा शुक्रबार यो…

1 month ago