नेपाल १६ वर्षमुनिको एएफसी च्याम्पियनसिप प्रतियोगिताका लागि छनौट

नेपाल १६ वर्षमुनिको एएफसी च्याम्पियनसिप प्रतियोगिताका लागि छनौट

U-16-Football-team

असोज ४ – नेपाल १६ वर्षमुनिको एएफसी च्याम्पियनसिप फुटबलका प्रतियोगिताका लागि छनौट भएको छ । नेपाल उत्कृष्ट समुह उपविजेताका रुपमा १६ वर्षमुनिको एएफसी च्याम्पियनसिमको अन्तिम चरणका लागि छनौट भएको हो ।
१६ वर्षमुनिको च्याम्पियनसिप छनौटको अन्तिम खेलमा अाइतबार ओमानसँग ३–१ ले पराजित भएपनि उत्कृष्ट चार उपविजेतामा पर्दै नेपाल अन्तिम चरणमा प्रवेश गरेको हो । उत्कृष्ट उपविजेतामा नेपालसहित युएई, भियतनाम र थाइल्याण्ड पनि परेका छन् ।
यी चारवटै टोलीले भारतमा अर्को वर्ष हुने १६ वर्षमुनिको एएफसी च्याम्पियनसिप फुटबल खेल्न पाउनेछन् । छनौट प्रतियोगिताका दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल अन्तिम खेलमा ओमानसँग पराजित भएपछि उपविजेता बनेको हो ।
छनौट प्रतियोगितको समुह बीमा रहेको नेपालले तीन खेलबाट ६ अंक जोड्यो । समान ६ अंक नै जोडेको ओमान गोल अन्तरका आधारमा समुह विजेता बनेको हो । अाइतबार नै भएको खेलमा काजकिस्ताले जोर्डनलाई ४–१ ले हराएपछि नेपाल उपविजेता बनेको हो ।
यस्तै समुह विजेता बन्दै उज्वेकिस्तान, ओमान, इराक, साउदी अरेबिया, इरान, मलेसिया, उत्तर कोरिया, दक्षिण कोरिया, अस्ट्रेलिया र जापान फाइनलमा पुगेका छन् ।

Facebook Comments