नुवाकोट, माघ २३। नुवाकोटको मदानपुरमा माइक्रोबस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् । काठमाडौंबाट त्रिशुलीका लागि छुटेको बा १ ज ७५८३ नम्बरको माइक्रोबस मदानपुर ८ को केउरीनीमा दुर्घटना भएको हो । नुवाकोटका प्रहरी प्रमुख सिद्धिबिक्रम शाहका अनुसार ८ जनाको घटनास्थमा नै ज्यान गएको छ ।
अरु ६ जना घाइतेको उद्दार गरी उपचारका लागि काठमाडौं पठाइएको छ । झण्डै सवा १२ बजेतिर माइक्रोबस दुर्घटना भएको हो । माइक्रोबस सडकबाट ५ सय फिट तल खसेको छ ।
ज्यान गुमाउनेहरु नेपाली सेनाको सैन्य तालिम लिएर बिदामा घर फर्किएकाहरु रहेको नुवाकोटका प्रहरी प्रमुख शाहले जानकारी दिनुभयो । ज्यान गुमाउनेको पहिचान खुल्न सकेको छैन ।
नवदीप अजनवी/उज्यालो
Facebook Comments