असोज २६ । राष्ट्रसेवक कर्मचारी समाज नुवाकोटले जिल्लाका सांसदहरुलाई मंगलबार राजधानीमा सम्मान गरेको छ ।
संविधानसभाबाट संविधान जारी गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै समाजले सांसदहरु डा.रामशरण महत, अर्जुननरसिंह केसी, जगदीशरनरसिंह केसी र बहादुर सिंह लामालाई सम्मान गरेको हो ।
सो अवसरमा निवर्तमान अर्थमन्त्रीसमेत रहेका डा. महत र सांसद केसीले संविधान कार्यान्वयनलाई प्रमुख दलहरुले राष्ट्रिय एजेन्डा बनाएर लाग्नुपर्नेमा जोड दिएका थिए ।
नुवाकोटका सांसदहरुले आपूर्ति व्यवस्था सहज गर्न सरकारसँग माग गरेका थिए ।
Facebook Comments