असोज ५ – नाइजेरियामा श्रृँखलाबद्ध बम बिस्फोटनमा परी कम्तिमा ८० जनाको ज्यान गएको छ । उत्तरपूर्वी बोर्नो राज्यमा भएको आत्मघाती बिस्फोटमा परी एक सय ५० जना घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
बोर्नो राज्यको राजधानी मैदुगुरीमा तीनवटा बम बिस्फोट हुँदा कम्तिमा ५४ जनाको ज्यान गएको र ९० जना घाइते भएको स्थानीय बासिन्दालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । यस्तै बोर्नोकै मोङगनो शहरको चेकपोस्टमा दुई वटा बम बिस्फोट हुँदा २७ जनाको ज्यान गएको छ । घटनामा ६२ जना घाइते भएको स्थानीय बासिन्दा र घाइतेको उपचार भैरहेको अस्पतालका कर्मचारीले बताएका छन् । बोर्नो राज्य इस्लामिक बिद्रोही संगठन बोको हरामको सबैभन्दा बढी प्रभाव भएको राज्य हो ।
बम बिस्फोटनको जिम्मेवारी अहिलेसम्म कुनै पनि समुहले लिएको छैन । तर सन् २००९ देखि हिंसात्मक गतिविध गर्दै आएको बोको हरामले नै आक्रमण गरेको आशंका गरिएको छ ।
गएको मे २९ मा राष्ट्रपति मुहम्मदु बुहारीले सत्ता सम्हालेदेखि अहिलेसम्म बोको हरामको आक्रमणमा परी ८ सय भन्दा बढी नागरिकको ज्यान गैसकेको छ । बोको हरामको हिंसात्मक गतिविधि सुरुदेखि अहिलेसम्म हजारौंको ज्यान गएको छ भने २१ लाख भन्दा बढी मानिस विस्थापित भएका छन् ।
नुवाकोट । नेत्रविक्रम चन्द‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गएराति नुवाकोट ल्याइएको छ । गत…
काठमाडौँ । विवेकशील साझा पार्टीले मुलुकमा दिनानुदिन बढ्दो यौनजन्य हिंसा एवं बलात्कारपछि हत्या नै गर्नेसम्मका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको…
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले महिला हिंसामा संलग्नलाई कडा कारवाहीको माग गर्नुभएको छ । महिला हिंसाविरुद्ध सदनमा प्रस्तुत भएको…
वासिङटन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको पारमाणविक हतियार कार्यक्रम अन्त्य गर्नेसम्बन्धी परामर्शका लागि अर्को साता उत्तर कोरिया जान…
धार्के । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ कलंकी नागढुंगा सडक खण्डको अनुगमन गरेका छन् । शनिबार सडक विभागका अधिकारी…
काठमाडौँ । नेपालसहित विश्वका अधिकांश क्षेत्रमा शुक्रबार गख्रास चन्द्र ग्रहण लाग्दैछ । आषढ शुब्ल पूर्णिमाको दिन अर्थात गुरु पूर्णिमा शुक्रबार यो…