Categories: NationalNews

धादिङको सौन्दर्यकला व्यवसायमा ७ करोड लगानी, २ सय ५० बढी महिला रोजगार

धादिङ । धादिङको सौन्दर्यकला व्यवसायमा ७ करोड लगानी भएको छ । १० लाख भन्दा कम लगानीमा सञ्चालन भएका करिब एक सय पसल, १० लाख भन्दा लगानीमा सञ्चालनमा रहेको ३० वटा भन्दा बढी पसलहरुको लगानी जोड्दा ७ करोडको हाराहारीमा हुन आउने धादिङ सौर्दयकला व्यावसायी संघ धादिङका महासचिव चिना श्रेष्ठले बताईन् । यो व्यवसायले २५० जना भन्दा बढी महिलालाई रोजगार पनि दिनुका साथै आर्थिक पहुँचमा वृद्धि गरेको र सम्मान समेत प्राप्त गरेको महासचिव श्रेष्ठको भनाई छ । व्यवसायी संघमा अहिलेसम्म ८० वटा पसल आवद्ध भएका छन् ।

ब्युटि पार्लर जानेको उमेर समुह
२५ देखि ४० वर्ष उमेर समूहकाले मानिसहरुले व्युटी र्पालर जान्छन् । टिपटप बन्ने रहर उनीहरु व्युटी पार्लर जान्छन् । व्युटी र्पालर सेवा लिन आउनेहरु २५ देखी ४० वर्ष उमेर समूहका ६० प्रतिशत, २५ वर्ष भन्दा कम अर्थात कलेट उमेर समूहका ३० प्रतिशत र ४० वर्ष माथी उमेर समुहका १० प्रतिशत हुन्छन् ।

व्युटी पार्लर व्यवसायलाई हेर्ने दृष्ट्रिकोण 
महासचिव श्रेष्ठका अनुसार १० वर्ष अघिसम्म व्युटी पार्लर व्यावसायलाई नकारात्मक रुपमा हेरिन्थ्यो । यो व्यावसाय गर्ने मानिसहरुलाई हेर्ने दृष्टिकोण फरक थियो । अहिले व्यावसायी पनि थपिदैं गए । सेवा लिनेको संख्या पनि थपिदै गएका छन् । अहिले के गृहणी, के विद्यार्थी, के व्यावसायी, के जागिरे सवैलाई अनिर्वाय जस्तै भइसकेको छ सौन्र्दयता । पछिल्लो पुस्तामा आएको सकारात्मक सोचाईले व्यवसाय गर्न सहज वातावरण बनेको छ । अहिले सदर दैनिक १ हजार ५ सय देखि २ हजार जनाले सेवा तथा वस्तु खरिद गर्ने गरेका छन् । जिल्ला सदरमुकाम धादिङवेशीमा ३५ वटा व्युटी पार्लर सञ्चालनमा रहेको छ । बजारदेखि गाँउसम्म व्युटी पार्लर पसल खोलिएको छ । विवाह, गुफा निकाल्ने, गुन्यु चोली दिने जस्ता शुभकार्यमा घरमै गएर पनि सेवा दिन थालिएको छ । सिगांरका लागि १० वर्ष अघिसम्म एक हातका औलामा गन्न सकिने सौन्र्दयकला व्यावसाय अहिले डेढ सयको हाराहारीमा सञ्चालनमा रहेकाछन् । एक डेढ लाखसम्मको लगानीमा महिलाहरुले सजिलैसंग शुरु गर्न सक्ने व्यवसायमा अहिले ३५ लाखसम्म लगानी रहको छ । महासचिव श्रेष्ठ अर्किट व्युटी र्पालर धादिङवेशीको सञ्चालक हुन ।

Source : www.nagarikpati.com


२०७४ भदौ १८ गते प्रकाशित

radiorajmarga

Share
Published by
radiorajmarga
Tags: २ सय ५० बढी महिला रोजगारधादिङको सौन्दर्यकला व्यवसायमा ७ करोड लगानी

Recent Posts

प्रकाण्डलाई नुवाकोट ल्याइयो

नुवाकोट । नेत्रविक्रम चन्द‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गएराति नुवाकोट ल्याइएको छ । गत…

1 week ago

कञ्चनपुर घटनाको विरोध

काठमाडौँ । विवेकशील साझा पार्टीले मुलुकमा दिनानुदिन बढ्दो यौनजन्य हिंसा एवं बलात्कारपछि हत्या नै गर्नेसम्मका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको…

1 week ago

महिला हिंसाविरुद्ध कानून कार्यान्वयन माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले महिला हिंसामा संलग्नलाई कडा कारवाहीको माग गर्नुभएको छ । महिला हिंसाविरुद्ध सदनमा प्रस्तुत भएको…

1 week ago

अमेरिकी बिदेशमन्त्रीले उत्तर कोरिया भ्रमण गर्ने

वासिङटन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको पारमाणविक हतियार कार्यक्रम अन्त्य गर्नेसम्बन्धी परामर्शका लागि अर्को साता उत्तर कोरिया जान…

1 week ago

नागढुंगा-कलंकी सडकमा मन्त्री महासेठको अनुगमन

धार्के । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ कलंकी नागढुंगा सडक खण्डको अनुगमन गरेका छन् । शनिबार सडक विभागका अधिकारी…

1 month ago

शताब्दीकै लामो खग्रास चन्द्र ग्रहण : के गर्न हुने, के गर्न नहुने, कुन राशीलाई कस्तो ?

काठमाडौँ । नेपालसहित विश्वका अधिकांश क्षेत्रमा शुक्रबार गख्रास चन्द्र ग्रहण लाग्दैछ । आषढ शुब्ल पूर्णिमाको दिन अर्थात गुरु पूर्णिमा शुक्रबार यो…

1 month ago