धादिङको विकासका लागि ८ अर्ब २८ करोडको बजेट सार्वजनिक

धादिङको विकासका लागि ८ अर्ब २८ करोडको बजेट सार्वजनिक

ldo

धादिङ । जिल्ला विकास समिति धादिङले आर्थिक वर्ष २०७३/०७४ का लागि ८ अर्व २८ करोड ५६ लाख ८२ हजार रुपैया बजेट विनियोजन गरेको छ ।
जिल्लाको २३ औँ जिल्ला परिषद् तथा सार्वजनिकिकरण समारोहमा चालु तर्फ ३ अर्व ४१ करो८ ६८ हजार, पूजिगत तर्फ ४ अर्व ८७ करोड ५६ लाख १४ हजार रकम प्रस्ताव गरिएको हो ।
स्थानिय विकास अधिकारी भगवान अर्यालले पूर्वाधार विकासमा १ अर्व ७४ करोड ८२ लाख १२ हजार, सामाजिक विकासमा ५ अर्व ४७ करोड ९५ लाख ८१ हजार आर्थिक विकासमा ५६ करोड ३६ लाख ६९ हजार वन तथा वातावरणमा ४६ करोड ३२ लाख ८१ हजार, संस्थागत विकासमा ३ करोड ९ लाख ३६ हजार रुपैयाको प्रस्तावित बजेट प्रस्तुत गरे ।
जिल्लाको पूर्वाधार निमार्ण, बाटोघाटो, सडक, ग्रामीण खानेपानी तथा सरसफाई कार्यक्रम विद्युतीकरण, साना सिंचाई कार्यक्रम, झोलुङगे पुल निमार्णका कार्यलाई आफूहरुले विशेष प्राथमिकतामा राखेको बजेट प्रस्तुत गरिएको बताए ।
बैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट क्षति भएको संरचना निर्माणका लागि विशेष जोड दिएर बजेट प्रस्तुत गरिएको छ । भूकम्पले भत्किएको विद्यालय निर्माण, बाटोघाटो, तथा खानेपानीको संरक्षणमा जोड दिइएको छ ।
आगामी ४ वर्ष भित्रमा जिल्लामा सबै गाविसका जोड्ने मुख्य सडकहरुलाई सर्वयाम सडकको रुपमा स्तरोन्नती गरी कृषि तथा वातावरणमैत्री अनुकूलित सडक निर्माणमा विशेष जोड दिने, “साङ्कोष तिप्लिङ” सडकलाई यसै बर्ष स्तरान्नती गर्ने, आगामी २ बर्ष भित्र त्रिशुली नदीमा रहेका तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गर्ने, धादिङ जिल्लालाई अन्य जिल्लासँग सहज र सरल पहुँच विस्तार गर्न अन्तर जिल्ला जोड्ने सडकहरु र आर्थिक केन्द्रहरु जोड्ने सडकहरुको स्तरोन्नतिलाई प्राथमिकता दिने कार्यक्रममा जानकारी दिएको छ ।
त्यस्तै सदरमुकाममा चक्रपथ निर्माण गर्ने, महत्वपूर्ण जडिबुटीको संरक्षणमा पहल गर्ने, भूकम्पले सुकेका मुहानहरुको संरक्षण तथा निर्मँणमा जोड दिने, सन् २०१७ सम्ममा धादिङलाई घरभित्रको धुँवा मुक्त जिल्लाको रुपमा अघि बढाउने, जिल्लाको पर्यटन विकास र होमस्टेको प्रवद्र्धनमा जोड दिने, त्यस्तै हिंसामा परेका महिलाहरुलाई राहत कोष संचालन गर्न कार्यविधि तर्जुमा गरी लागु गरिने स्थानीय विकास अधिकारी अर्यालले जानकारी दिए ।
source : sarita shrestha/pabilnews.com

Facebook Comments