कात्तिक ८ – धादिङको पिडा १ गौरी भन्ज्याङमा रहेको ईन्द्रायणी निम्न माध्यमिक विद्यालयमा निर्मित अस्थाई कक्षाकोठामा आज आगलागी भएको छ । आगलागीबाट विद्यालयमा निर्मित ५ ओटा अस्थाई कक्षाकोठा पुर्णरुपमा जलेर नष्ट भएको विद्यालयका शिक्षक लिलानाथ अधिकारीले बताउनुभयो ।
भुकम्प बाट ध्वस्त भएको विद्यालयमा करिब एक सय पचास अभिभावक मिलेर ३ दिन सम्म श्रमदान गरी कक्षाकोठामा निर्माण गरीएको थियो । आगलागी कसरी भयो भन्ने बारेका केहि थाहा नभएको विद्यालयले जनाएको छ । कक्षाकोठामा आगलागी भएपछि अब विद्यार्थीलाई कहाँ राखेर पढाउने भन्ने चिन्ता बढेको शिक्षक अधिकारीले बताउनुभयो ।
Facebook Comments