Categories: NationalNews

धादिङको गजुरीमा तिज गित प्रतियोगिता, लक्ष्मी महिला सहकारी प्रथम

आशिष ठकुरी
गजुरी – महिलाहरुको महान् पर्व हरितालिका तिज नजिकीँदै गर्दा विभिन्न ठाउँमा साँस्कृतिक तथा सचेतनामुलक कार्यक्रहरु भैरहेका छन् । यसैगरी शनिबार धादिङको गजुरी १ मा रहेको आर्दश उच्च माध्यमिक विद्यालयमा सरसफाई तथा स्वच्छता सम्बन्धि वडा स्तरिय तिज गित प्रतियोगिता भएको छ । प्रतियोगिता शान्ति नेपाल र अक्सफाम सँस्थाको सहयोगमा आमा समुह सन्जाल गजुरीले आयोजना गरेको हो ।
तिज गित प्रतियोगिता कार्यक्रममा प्रतियोगी समुहहरुले सचेतनामुलक गितहरु प्रस्तुत गरेको थिए । प्रतियोगितामा लक्ष्मी महिला बचत तथा क्रृण सहकारी सँस्था प्रथम, भद्रकाली आमा समुह दृतिय र चेपाङ छात्राबास तृतिय भएका छन् । प्रतियोगितामा प्रथम, दृतिय र तृतिय हुने समुहलाई क्रमश ः १ हजार, ७ सय, ५ सय रुपैँया र प्रमाणपत्र सहित सम्मान गरिएको छ । प्रतियोगितामा ७ वटा समुहले सहभागिता जनाएका थिए ।

आमा समुह सन्जाल गजुरीकी अध्यक्ष बबिता कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाविस सचिव मनचन्द्र धरलाको प्रमुख आतिथ्यता र विभिन्न सँघसँस्थाका प्रतिनिधी, पत्रकार लगायतको आतिथ्यता रहेको थियो । निर्णायकहरु रामबहादुर क्षेत्री, उद्धव चेपाङ र विष्णुमाया श्रेष्ठले प्रतियोगिहरुले प्रस्तुत गर्नुभएको गितको शब्द, भाव, स्वर लगायतको मुल्याङ्कन गर्नुभएको थियो ।

radiorajmarga

Recent Posts

प्रकाण्डलाई नुवाकोट ल्याइयो

नुवाकोट । नेत्रविक्रम चन्द‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गएराति नुवाकोट ल्याइएको छ । गत…

2 weeks ago

कञ्चनपुर घटनाको विरोध

काठमाडौँ । विवेकशील साझा पार्टीले मुलुकमा दिनानुदिन बढ्दो यौनजन्य हिंसा एवं बलात्कारपछि हत्या नै गर्नेसम्मका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको…

2 weeks ago

महिला हिंसाविरुद्ध कानून कार्यान्वयन माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले महिला हिंसामा संलग्नलाई कडा कारवाहीको माग गर्नुभएको छ । महिला हिंसाविरुद्ध सदनमा प्रस्तुत भएको…

2 weeks ago

अमेरिकी बिदेशमन्त्रीले उत्तर कोरिया भ्रमण गर्ने

वासिङटन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको पारमाणविक हतियार कार्यक्रम अन्त्य गर्नेसम्बन्धी परामर्शका लागि अर्को साता उत्तर कोरिया जान…

2 weeks ago

नागढुंगा-कलंकी सडकमा मन्त्री महासेठको अनुगमन

धार्के । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ कलंकी नागढुंगा सडक खण्डको अनुगमन गरेका छन् । शनिबार सडक विभागका अधिकारी…

1 month ago

शताब्दीकै लामो खग्रास चन्द्र ग्रहण : के गर्न हुने, के गर्न नहुने, कुन राशीलाई कस्तो ?

काठमाडौँ । नेपालसहित विश्वका अधिकांश क्षेत्रमा शुक्रबार गख्रास चन्द्र ग्रहण लाग्दैछ । आषढ शुब्ल पूर्णिमाको दिन अर्थात गुरु पूर्णिमा शुक्रबार यो…

1 month ago