त्रिशूली–काठमाडौँ २२० केभी प्रसारण लाइनको काममा तिव्रता

त्रिशूली–काठमाडौँ २२० केभी प्रसारण लाइनको काममा तिव्रता

bijuli

नुवाकोट । निर्माणाधीन त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल’ प्रसारण लाइनको काम पछिल्लो समय तीव्र रुपमा भैरहेको छ । नुवाकोट र रसुवामा उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्ने उद्देश्यले २०६८ साल फागुन १४ देखि निर्माण शुरु भएको उक्त प्रसारण लाइन निर्माणमा पछिल्लो समय तीव्रता दिइएको आयोजनाले जनाएको छ ।

दुई सय २० केभीको दोहोरो सर्किट प्रसारण लाइनको १४२ वटा टावरमध्ये ११० को फाउण्डेशन तयार भइसकेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाका उपप्रबन्धक इन्जिनियर सत्यराम ज्याख्वाले जानकारी दिए ।
उनका अनुसार प्रसारण लाइनको निर्माण अहिले ५५ प्रतिशत पूरा भएको र तेस्रो पटक थप भएको म्यादअनुसार माघ २०७५ भित्र सम्पन्न गर्ने लक्ष्य पूरा गर्न काममा तीव्र बनाइएको छ ।

थ्री ‘ए’ आयोजनाले २०७५ माघ २६ मा विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले सोही समय अगाडि नै प्रसारण लाइन निर्माण सम्पन्न गर्नुपर्ने बाध्यता छ । रु दुई अर्ब ५० करोड लगानीमा निर्माण भइरहेको प्रसारण लाइन विस्तारको कामको अनुगमन तथा व्यवस्थापन थ्री ‘ए’ आयोजनामार्फत भइरहेको छ ।

२०७५ बैशाख ५ गते प्रकाशित

Facebook Comments