डडेलधुरामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

डडेलधुरामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

nnnnnnnnn

फागुन २३ – डडेलधुरामा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । मणिलेक गाविसको बडममा शनिबार बेलुका से १ ज ७०६ नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै ज्यान गएको हो ।
ज्यान जानेमा मणिलेक–२ का छबिलाल अवस्थी, मणिलेक–१ का खडक राज अवस्थी र गाडी चालक शेल भूल रहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।
दुर्घटनामा परि गम्भीर घाइते भएका मणीलेक–१ का गाडी धनी गणेश अवस्थीलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । साँघुरो सडकमा सन्तुलन नमिल्दा दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

Facebook Comments