बर्दिया, फागुन २३ – बर्दियामा जन्ती बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । २० जना भन्दा धेरै घाइते भएका छन् ।
बर्दियाको धधवार–७ दुध्धाबाट बबई नगरपालिका–१० शाहीपुर जन्ती लिएर गएको भे १ ख ८५४ नम्बरको बस बेहुली लिएर फर्कर्दै गर्दा शनिबार राति साढे ९ बजे बबई नगरपालीका–६ सैनवारको जम्ती खोला पुल नजिक पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा धधवार–७ दुध्धाका १७ वर्षका विष्णु थारु, १९ वर्षका सन्तोष थारु, १९ वर्षका निरज थारु र १४ वर्षका अरुण थारुको ज्यान गएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ । उनीहरुको घटनास्थल मै ज्यान गएको हो ।
घाइते २० जनालाई भुरीगाउँमा प्राथमिक उपचार गरी थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । ज्यान गुमाएका र घाइते भएकाहरु बसको छतमा बसेका प्रहरीले जनाएको छ । बस पल्टिएपछि बबई सांस्कृतिक महोत्सवका युवाहरु तत्काल उद्दारमा जुटेका थिए । बस चालकलाई प्रहरीले पक्राउ गरेको छ । बसको क्षमता भन्दा बढी यात्रु चढेकाले दुर्घटना भएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार बेहुला र बेहुली अर्को जीपमा भएकाले उनीहरु सकुशल छन् ।
नुवाकोट । नेत्रविक्रम चन्द‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गएराति नुवाकोट ल्याइएको छ । गत…
काठमाडौँ । विवेकशील साझा पार्टीले मुलुकमा दिनानुदिन बढ्दो यौनजन्य हिंसा एवं बलात्कारपछि हत्या नै गर्नेसम्मका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको…
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले महिला हिंसामा संलग्नलाई कडा कारवाहीको माग गर्नुभएको छ । महिला हिंसाविरुद्ध सदनमा प्रस्तुत भएको…
वासिङटन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको पारमाणविक हतियार कार्यक्रम अन्त्य गर्नेसम्बन्धी परामर्शका लागि अर्को साता उत्तर कोरिया जान…
धार्के । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ कलंकी नागढुंगा सडक खण्डको अनुगमन गरेका छन् । शनिबार सडक विभागका अधिकारी…
काठमाडौँ । नेपालसहित विश्वका अधिकांश क्षेत्रमा शुक्रबार गख्रास चन्द्र ग्रहण लाग्दैछ । आषढ शुब्ल पूर्णिमाको दिन अर्थात गुरु पूर्णिमा शुक्रबार यो…