गोसाईकुण्ड मेलालाई व्यवस्थापन गर्न रसुवामा सरसफाई कार्यक्रम

गोसाईकुण्ड मेलालाई व्यवस्थापन गर्न रसुवामा सरसफाई कार्यक्रम

Gosainkunda

रसुवा — जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाईकुण्ड मेलालाई व्यवस्थापन गर्न रस।ुवाको सदरमुकाम धुन्चे स्वागत गेटदेखि शिबमन्दिर सम्म सरसफाई गरिएको छ । गोसाईकुण्ड क्षेत्र बिकास समितिको आह्वानमा लाङटाङ प्रदुषण नियन्त्रण समितिद्धारा सरसफाई गरिएको हो । सरसफाई कार्याक्रममा प्रमुख जिल्ला अधिकारी, सरकारी तथा गैरसरकारी निकाय, आमा समुह, सेना, प्रहरीको सहभागिता रहेको थियो ।
सरसफाई कार्यक्रम अन्तर्गत धुन्चे बजारदेखि शिबमन्दिर सम्म दाया बायाको फोहोर व्यवस्थापन, झाडि फाड्ने, नाली खोल्ने, लगायतका कार्य गरेको जनाएको छ ।
यस्तैे गोसाईकुण्ड मेला अवधिभर बजार क्षेत्रमा निस्कने फोहोर व्यवस्थापनका लागि भदौ २ गते देखि १३ गतेसम्म बिहान बेलुका फोहोर फाल्ने जिम्मा आमा समुह धुन्चेलाई अनुरोध गर्ने गोसाईकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष संजिब डि एमले जानकारी दिनुभएको छ । भदौ ५ गतेबाट पुत्रता एकादशी देखि सुरू भई भदौ १२ गते जनैपुर्णिमाको अवसरमा मेला लाग्ने गरेको छ । मेलाको लागि आबश्यक तयारी तिब्र पारिएको छ ।

Facebook Comments