Categories: HighwayNationalNewsPolitics

गल्छीदेखि रसुवागढीसम्मको सडक स्तरोन्नतिको जिम्मा सेनालाई

काठमाडौं, मंसिर १७ । सरकारले चीनसँगको नाका रसुवागढी पुग्ने सडक स्तरोन्नतिको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले रसुवागढी पुग्ने सडक दई वर्षभित्र दुई लेनको बनाउने निर्णय गरेको छ । धादिङको गल्छीदेखि रसुवागढीसम्मको ८२ किलोमिटर सडक स्तरोन्नतिको जिम्मा सेनालाई दिइएको छ ।
भारतले अघोषित नाकाबन्दी गरेपछि नेपालले चीनबाट इन्धन आयातको तयारी गरेको छ । चीनले हालै अनुदानमा दिएको तेल केरुङ, रसुवागढी हुँदै काठमाडौं आइपुगेको छ ।
हालै मात्र उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजय गच्छदार र अर्थमन्त्री विष्णु पौडेलसहितको टोली समेत सडकको निरीक्षण गरेका थिए ।
मन्त्रिपरिषद् बैठकले मधेसी मोर्चासँगको वार्तालाई निर्णायक तहमा पुर्‍याउन पहल गर्ने निर्णय गरेको छ । बैठकले आन्दोलनका क्रममा क्षति भएका निजी सम्पत्तिको क्षतिपूर्ति दिन र औचित्यका आधारमा मुद्धा फिर्ता लिन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

radiorajmarga

Recent Posts

प्रकाण्डलाई नुवाकोट ल्याइयो

नुवाकोट । नेत्रविक्रम चन्द‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गएराति नुवाकोट ल्याइएको छ । गत…

2 weeks ago

कञ्चनपुर घटनाको विरोध

काठमाडौँ । विवेकशील साझा पार्टीले मुलुकमा दिनानुदिन बढ्दो यौनजन्य हिंसा एवं बलात्कारपछि हत्या नै गर्नेसम्मका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको…

2 weeks ago

महिला हिंसाविरुद्ध कानून कार्यान्वयन माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले महिला हिंसामा संलग्नलाई कडा कारवाहीको माग गर्नुभएको छ । महिला हिंसाविरुद्ध सदनमा प्रस्तुत भएको…

2 weeks ago

अमेरिकी बिदेशमन्त्रीले उत्तर कोरिया भ्रमण गर्ने

वासिङटन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको पारमाणविक हतियार कार्यक्रम अन्त्य गर्नेसम्बन्धी परामर्शका लागि अर्को साता उत्तर कोरिया जान…

2 weeks ago

नागढुंगा-कलंकी सडकमा मन्त्री महासेठको अनुगमन

धार्के । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ कलंकी नागढुंगा सडक खण्डको अनुगमन गरेका छन् । शनिबार सडक विभागका अधिकारी…

1 month ago

शताब्दीकै लामो खग्रास चन्द्र ग्रहण : के गर्न हुने, के गर्न नहुने, कुन राशीलाई कस्तो ?

काठमाडौँ । नेपालसहित विश्वका अधिकांश क्षेत्रमा शुक्रबार गख्रास चन्द्र ग्रहण लाग्दैछ । आषढ शुब्ल पूर्णिमाको दिन अर्थात गुरु पूर्णिमा शुक्रबार यो…

1 month ago