एथ्लेटिको च्याम्पियन्स लिगमा लगातार तेस्रो जित दर्ता
radiorajmargaSports
कात्तिक ४ । च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको खेलमा समूह डीमा रहेको एथ्लेटिको मड्रिडले एफसी रोस्तोभलाई १–० ले हराएको छ । जित सँगै स्पेनिस क्लब एथ्लेटिको मड्रिडले च्याम्पियन्स लिगमा लगातार तेस्रो जित दर्ता गरेको छ ।
रुसी क्लबलाई हराउन एथ्लेटिकोका लागि यानिक काररास्कोले ६२ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । रियल मड्रिड र बार्सिलोनालाई पछि पार्दै ला लिगा लिडर रहेको एथ्लेटिको तीन खेलबाट ९ अंकसहित समूहको शीर्ष स्थानमा छ । राति नै भएको अर्को खेलमा बायर्न म्युनिखले पिएसभी एन्थोभलाई ४–१ ले हरायो । ६ अंकसहित बायर्न म्युनिख दोस्रो स्थानमा छ । राति नै भएका समूह बी अन्तर्गतको खेलमा बेसिकटास र बेन्फिका विजयी भए । बेसिकटासले नापोलीलाई ३–२ तथा बेन्फिकाले डाइनाभो किएभलाई २–० ले हराएको हो ।