इयुले एक लाख २० हजार आप्रवासीलाई शरण दिने

इयुले एक लाख २० हजार आप्रवासीलाई शरण दिने

Syrian refugees frantically run off an overcrowded dinghy moments after arriving on the Greek island of Lesbos after crossing a part of the Aegean Sea from the Turkish coast September 22, 2015.  REUTERS/Yannis BehrakisSyrian refugees frantically run off an overcrowded dinghy moments after arriving on the Greek island of Lesbos after crossing a part of the Aegean Sea from the Turkish coast September 22, 2015. REUTERS/Yannis Behrakis

असोज ६ – युरोपियन युनियन (इयु) ले एक लाख २० हजार शरणार्थीलाई शरण दिने योजना पारित गरेको छ । २८ वटा इयुका सदस्य राष्ट्रमा एक लाख २० हजार आप्रवासीलाई शरण दिने प्रस्ताव पारित भएको हो । इयुको कार्यकारी समिति युरोपियन कमिशनले गैरकानूनी रुपमा युरोप प्रवेश गर्न चाहने आप्रवासीको समस्या समाधानका लागि युरोपका राष्ट्रले बाँडफाँड गरेर शरण प्रस्ताव गरेको थियो । इयुका सदस्य राष्ट्रका आन्तरिक मालिलासम्बन्धी मन्त्रीको बैठकले आप्रवासीलाई आपसमा बाँडेर शरण दिने प्रस्ताव पारित गरेको हो ।
तर पूर्वी युरोपका रोमानिया, चेक रिपब्लिक, स्लोभाकिया र हंगेरीले भने इयुको प्रस्तावको विपक्षमा मत दिएका छन् । इयुले गरेको नयाँ प्रस्ताव अनुसार अहिले इटली, ग्रिस, हंगेरी तथा अरु युरोपेली देशमा रहेका गैरकानूनी आप्रवासी तथा शरणार्थी लाभान्वित हुनेछन् ।

Facebook Comments