Categories: NationalNews

आजदेखि रातो मच्छिन्द्रनाथको १२ वर्षे जात्रा

असोज ५ – बिनासकारी भूकम्पका कारण स्थगित भएको रातो मच्छिन्द्रनाथको १२ वर्षे जात्रा मंगलबारदेखि फेरि सुरु हुँदैछ । ललितपुर बुंगमतीको छ्यासीकोटमा फेरि बनाएको रथमा सोमबार मूर्तिलाई रथारोहण गरिएपछि मंगलबारदेखि रथ तान्न लागेको हो ।
अरु बेला मूर्तिलाई रथारोहण गरिएको चार दिनपछि मात्र रथ तान्नुपर्ने परम्परा भए पनि यसपाली फेरि रथ बनाएर रथारोहण गरिएकोले चार दिन कुर्न नपर्ने रातो मच्छिन्द्रनाथ जात्राको साइत निकाल्ने ज्योतिष समुहले जनाएको छ । यसपाली १२ वर्षे रथ जात्रा भएकोले रथलाई छ्यासीकोट, सैबु, भैसेपाटी, नख्खु खोला, एकान्तकुना, भनिमण्डल, यावलाखेल हुँदै पुल्चोक पुर्याइनेछ ।
पुल्चोकमा पुगेपछि रथलाई सजाएर अरु वर्षमा झै पाटनको गाबहाल, महापाल, मंगलबजार, सुन्धारा, टंगल, लगनखेल, इटी टोल हुँदै जावलाखेलमा पुर्याइनेछ । जावलाखेलमा भोटो देखाएपछि रथलाई फेरि एकान्तकुना, नख्खु खोला, भैंसेपाटी हुँदै बुंगमतीमा फर्काइनेछ ।
बुंगमती पुगेपछि फेरि भोटोजात्रा हुनेछ । यसअघि गएको वैशाख ६ गते रथ निर्माण गरिएको स्थान बुङ्मतीमा मूर्तिलाई रथारोहण गरी वैशाख ९ गतेदेखि रथ जात्रा सुरु गरिएको थियो । तर वैशाख १२ को भूकम्पका कारण रोकिएको रथलाई शान्ति स्वस्ति पूजा सहित पछि छ्यासीकोटबाट तानेर अघि बढाउँदा रथ भत्किएकोले रथ फेरि बनाएर सोमबार मूर्तिलाई रथारोहण गरिएको हो ।

radiorajmarga

Recent Posts

प्रकाण्डलाई नुवाकोट ल्याइयो

नुवाकोट । नेत्रविक्रम चन्द‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गएराति नुवाकोट ल्याइएको छ । गत…

1 week ago

कञ्चनपुर घटनाको विरोध

काठमाडौँ । विवेकशील साझा पार्टीले मुलुकमा दिनानुदिन बढ्दो यौनजन्य हिंसा एवं बलात्कारपछि हत्या नै गर्नेसम्मका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको…

1 week ago

महिला हिंसाविरुद्ध कानून कार्यान्वयन माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले महिला हिंसामा संलग्नलाई कडा कारवाहीको माग गर्नुभएको छ । महिला हिंसाविरुद्ध सदनमा प्रस्तुत भएको…

1 week ago

अमेरिकी बिदेशमन्त्रीले उत्तर कोरिया भ्रमण गर्ने

वासिङटन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको पारमाणविक हतियार कार्यक्रम अन्त्य गर्नेसम्बन्धी परामर्शका लागि अर्को साता उत्तर कोरिया जान…

1 week ago

नागढुंगा-कलंकी सडकमा मन्त्री महासेठको अनुगमन

धार्के । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ कलंकी नागढुंगा सडक खण्डको अनुगमन गरेका छन् । शनिबार सडक विभागका अधिकारी…

1 month ago

शताब्दीकै लामो खग्रास चन्द्र ग्रहण : के गर्न हुने, के गर्न नहुने, कुन राशीलाई कस्तो ?

काठमाडौँ । नेपालसहित विश्वका अधिकांश क्षेत्रमा शुक्रबार गख्रास चन्द्र ग्रहण लाग्दैछ । आषढ शुब्ल पूर्णिमाको दिन अर्थात गुरु पूर्णिमा शुक्रबार यो…

1 month ago