अवसर गुमाए संविधान हस्ताक्षर गर्न ६१ सभासद्ले

अवसर गुमाए संविधान हस्ताक्षर गर्न ६१ सभासद्ले

thumb_new

काठमाडौं, असोज १ – नेपालको संविधान, २०७२ मा हस्ताक्षर गर्न ६१ सभासद्ले ऐतिहातिक अवसर गुमाएका छन् । संविधानसभाबाट गत भदौ ३० गते पारित संविधानको प्रतिमा शुक्रबार बिहान ९ बजेदेखि ३ बजेसम्म हस्ताक्षरका लागि समय तोकिएको थियो ।
त्यस अवधिमा हस्ताक्षर गर्न ६१ जना सभासद् अनुपस्थित भएका हुन् । हस्ताक्षर नगर्नेमा अधिकांश तराई मधेस केन्द्रित दलबाट प्रतिनिधित्व गरेका सभासद् छन् । संविधानसभामा हाल कायम ५९८ सभासद्मध्ये ५ सय ३७ जनाले हस्ताक्षर गरेको संसद् सचिवालयका प्रवक्ता डाक्टर भरतराज गौतमले जानकारी दिनुभयो ।
भदौ ३० गते संविधानको विधेयकमा मतदान हुँदा कुल ५ सय ३२ सभासद् सहभागी भएकोमा ५०७ ले पक्षमा र २५ सभासद्ले विपक्षमा मतदान गरेका थिए । मतदानमा अनुपस्थित केही र विपक्षी राप्रपा नेपालका सभासद्सहितको हस्ताक्षरका कारण सङ्ख्या बढेको हो । मतदानमा अनुपस्थित विश्वेन्द्र पासवान, लक्ष्मण राजवंशी, राज्यलक्ष्मी गोल्छा, मेघराज नेपाली निषादले पनि संविधानको प्रतिमा हस्ताक्षर गर्नुभयो । हस्ताक्षर कार्य समाप्तिपछि सभाध्यक्ष सुवास नेम्वाङले नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललगायत सभासद्को उपस्थितिमा नेपालको संविधान २०७२ मा हस्ताक्षर गरी प्रमाणीकरण गर्नुभएको थियो ।
सभाध्यक्ष नेम्वाङ आफूले प्रमाणीकरण गरेको प्रति संविधानसभा भवनस्थित ल्होत्से हलमा उपस्थित राजनीतिक दलका शीर्ष नेता, सभासद् एवम् सञ्चारकर्मीसामु सार्वजनिक गर्नुभएको थियो । त्यस अवसरमा तालीको गड्गडाहट करिब हलको माथिल्लो मञ्चमा रहनुभएका शीर्ष नेताहरुले तालीको गड्गडाहटका बीचमा संयुक्त रुपमा हात हल्लाई सबैलाई अभिवादन गर्नुभएको थियो । प्रमाणीकरण गर्ने सङ्क्षिप्त कार्यक्रमपछि सभाध्यक्ष नेम्वाङसहित शीर्ष नेतासित तस्बिर खिंचाउन सभासद्को भिड लागेको थियो । पाँच मिनेटसम्म गुञ्जिएको थियो ।
राष्ट्रिय भावले ओतप्रोत भएका गीत एवम् धुन हलभित्र गुञ्जिरहेको थियो । बधाईसितै उहाँहरु बीचमा आफ्ना दलका नेता एवम् सभासद्सँग सामूहिक तस्बिर लिन भ्याइनभ्याइ भएको थियो । संसद् सचिवालयले संविधानसभाको मूलद्वारमा नै सामूहिक तस्बिर लिने व्यवस्था मिलाएको थियो । रासस

Facebook Comments